मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

देशका सच्चा ना’यक डा. म’हाविर पुनलाई सबैले साथ दि’औं : रमा ओली

महाबिर पुन दाईले १२ बर्ष ४ वटा बिद्यालयमा पढाउने काम गर्नुभयो सन् १९८९ मा नेब्रास्का विश्वविध्यालयबाट बिज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरेर स्नातकाेत्तर सकाएर २४ वर्षपछि आफ्नो गाउँ नांगी फर्किदा उहाँले दिगो शिक्षाको आवश्यकता महसुस गरि जसको सुरुवात उहाँले हिमान्चल उ मा वि को स्थापना बाट सुरुवात गर्नुभयो ।

कम्प्युटर शिक्षा र आय श्रोत वृद्धिलाई ध्यानमा राखी उहाले आफ्नो कार्यक्रम अगाडि बढाउदै देश लाई विकाश को ज्योतितिर लैजाने बैज्ञानिक महाबिर पुन दाईलाई हजारौं नागरिकले आफुबाट हुने सहयोग गरिरहेका छन्।

महाबिर पुन दाई सन २०१२ मा सूचना तथा प्रबिधी मार्फत देश्बिकश्का सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गर्नुभयो तर यस्तो बिसाल योजनालाई अगाडि बढाउन ठुलो आर्थिक सहयोगको खाचो हुनेभएकाले नेपाल सरकारको ढोका बारम्बार ढक्ढक्याउदा ढक्ढक्याउदै चार बर्षमा ५ वटा सरकार फेरिए तर सहयोग कुनै सरकार कसैले गरेनन।

यस्तो महान् कार्यमा सरकारले सहयोग गर्नु कर्तब्य हो यो जनताको हितमा थियो तर बिडम्बना सरकार फेरियो देश फेरिएन यो बिडम्बना हिंजो पनि थियो आजपनि छ आखिर कहिले सम्म झेल्नुपर्ने हो ?

यसकारण आजकल हामी जनताहरु माझ सहयोग संकलन गरिरहनु भएको देख्न सक्छौँ। खुसीको पक्ष यो छकी भ्रस्ट र अन्योलमा रहेको सरकारले मुख फेरिपनि देशबिदेशमा रहेका नेपाली जनताहरुले निक्कै नै हर्शौल्लास्कासाथ महाबिर पुन दाईको आविस्कार लाई सहयोग गरिरहेका छन्।

स्मार्ट सिटीको नाममा राजनीतिक खिचातानी मै भ्रष्ट तै भष्ट तै चुप मै चुप चलखेल चलेको छ। दुई तिहाई सरकार यति कमजोर यति फोहोरी होला भनेर मैले कल्पना समेत गरेको थिइनँ सातपुस्ते धन सम्पत्ति कमाउन लागे देश भाँडमा जावस् कुनै मत्लबै छैन धिक्कार छ दुई तिहाई सरकार ठाउँ ठाउँमा कुनै अनुभव ज्ञान नभएका अन्धा नाथेहरूलाई पद दिएर देश उत्तोनौ पार्दैछौ।

आफ्नो पदको जिम्मेवारी नै नबुझेका भ्रष्ट अबुझहरू लाई पदबाट राजीनामा दिन लागएर बौधिक बेक्ति विदेशी विकासको जोति अनुभव गरेका महाबिर पुन जस्ता महान् विश्व अनुभव गरेका एकसय एक राष्ट सेवक छन ।

एकपटक सरकारले यी महान ब्यक्तिहरूलाई स्थान देवस अनि देशको मुहार बिहानको चम्किलो सुर्यको किरण हुनेछ त्यो पनि ६ महिना भित्र देशले सास फेर्ने छ यतिमात्र होइन ६ महिना भित्रमा बिदेशी मुलुकमा श्रम गर्ने जानुपर्ने छैन रोजगारको लागि भौतारिनु पर्ने छैन। सलुट छ महाबिर पुन दाई लागायत उहाँलाई साथ सपोट दिनुहुने सम्पुर्णमा हार्दिक नमन!! राष्ट्रिय आबिस्कार केन्द्र महाबिर पुन दाईलाई भरपुर साथ सपोट दिउँ!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?