मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यदी म प्र’धानमन्त्रीको कुर्सीमा थिए भने हिजो दे’शबासीको नाउँमा यस्तो सम्बोधन गर्नेथिए: रबिन ढकाल

 काठमाण्डौं । हिजो २३ मिनेट प्रधानमन्त्रीले आफ्नो बक्तब्य जारी गर्नु भयो के आउने रहेछ भनेर मैले पनि सुरुदेखी नै सुने तर उहि हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भयो । सायद जो कोहिले पनि त्यो अपेक्षा गरेका थिएनन होला ।

मलाई केही कुरा भन्न मन लागो, यदि म प्रधानमन्त्रीको कुर्सिमा थिए भने हिजो यसो भन्थे :

१. कोरोनाको महामारी बिश्वभर फैलिरहेको अबस्थामा नेपाल पनि अछुतो रहन सकेन । हाल सम्म 9 जनामा देखा परिसकेको कारण देशमा अहिले लक डाउन छ त्यसैले यो लकडाउनको समयमा सरकारलाई आफ्नो तर्फबाट हदै सम्मकोसाथ दिन म अनुरोध गर्दछु । घरबाट बाहिर ननिस्किदिनु होला आवश्यक काम बाहेक बाहिर कोहि न आउनु होला । यदि यति भने पछि पछि अटेर गरे अनावश्यक काम्बाहेक लखरलखर हिँड्नेलाई घुँडामुनी गोलि हान्न आदेश दिइने छ ।

२. हामिले लकडाउन बिना सुचना नै गर्नु परो त्यसैले विभिन्न क्षेत्रका मानिसहरुले आफ्नो ब्यबस्थापन गर्न सक्नु भएको छैन भन्ने कुरामा सरकार सचेत छ । यो बेलामा मासिक तलब काम गर्ने कर्मचारीलाई ज जस्ले काम लगाउनु भएको छ तिनिहरुको पूरा तलब दिनु होला यदि काम लगाउने संस्था वा ब्यक्तिले मासिक तलब नदिए सिधै श्रम अदालतमा मुद्दा दायर गर्नुहोला । संस्थाले नदिए त्यो संस्थामा पुर्णरुपमा ताल्चा लगाइने छ भने ब्यक्तिगत तर्फ भने उस्ले पाउने सम्पुर्ण सरकारी सेवासुबिधा बन्चित गरिने छ ।

३. दैनिक ज्यालादारिमा काम गर्ने जो जो अहिले काम नपाएर पिडामा परि भोक भोकै बस्नु परेको छ त्यस्ता मानिसहरुका लागि उपत्यकाको हकमा 4/5 ठाउँ र अन्य सहरमा आवश्यकता हेरि निशुल्क भोजनको ब्यबस्था भोलिबाट नै गरिने छ । यस्तो कार्यमा स्वयमसेवकको रुपमा सरकारलाई सहयोग गर्न चाहानु हुन्छ भने हामिलाई सम्पर्क गर्न सक्नु हुनेछ । गाउँ गाउँ तिरको अबस्था के कस्तो छ त्यो बिषयमा सम्बन्धित स्थानिय तहले हामिलाई जानकारी गराउनु होला ।

४. माहामारिको मौका छोपेर मूल्य बढाउने सामान लुकाउने जस्ता कार्य कसैले गरेको थाहा पाउनु भयो भने हामिले टोलफ्री नम्बरको ब्यबस्था गरेका छौ त्यस्मा फोन गरेर जानकारी गराई कारभाइ गर्न सहयोग गर्नुहोला । तत्काल प्रहरी आएर त्यस्ता पसल तथा जो कोहिलाई हदै सम्मको कारभाइ गरिने छ ।

५. निजि अस्पतालले उपचार गर्न नमाने वा महङ्गो शुल्क लिए सम्बन्धन नै खारेज गरि त्यस्को जिम्मा सरकारले लिने छ ।

६. सुरक्षा हुने सामग्री पयोग गरेर ब्यबस्थापिका संसद सुचारु गरि आवश्यक कानुन निर्माण गरेर सांसदहरुलाई आवश्यक इक्युमेण्ट दिई जनताको अबस्था बुझ्न चुनबमा भोट मागे जसरी घर घर जानको लागि निर्देशन दिइने छ । र जनताको नजिक रहेर हरेक क्षेत्रमा सहजिकरण गर्न मद्द्त गर्न लगाइने छ ।

७. सांसद बिकासकोषको रकम कट्टा गरि कोरोना कोषमा ल्याउन अर्थमन्त्रीलाई निर्देशन दिइने छ ।
८. पिपिइ लगायत आवश्यक सामग्री निर्माण गर्न चासो देखाउने महाबिर पुनलाई यो कुरा सुन्ने बित्तैकै बालुवाटार आइहाल्न अनुरोध गर्दछु ।

९. सबै क्षेत्रमा सरकारको आँखा नपुग्न सक्छ त्यसैले कुन कुन क्षेत्रमा के के भएको छ भन्ने कुरा सन्चार माध्यम , सामाजिक सन्जाल आदिबाट हामिलाई सत्यतथ्य जानकारी गराइदिनु होला । तर हल्ला र अपबाह फैलाउने काम कसैले गरेको पाइए हदैसम्मको कानुनी कारभाइ गरिने छ ।

१०. नेपाल भारतको सिमामा अलपत्र परेका नेपालिहरुलाई कोरेन्टाइन निर्माण गरि त्यहा ल्याइ राखिने छ र आवश्यक मापदण्ड पूरा गरिसकेपछी मात्र घर पठाइने छ ।

११. बिदेशमा कार्यरत नेपालिहरुलाई दुताबास मार्फत संभव भए सम्म कम्पनिसँग समन्वय गरेर घरमा नै बस्ने वातावरण बनाइने छ । अथबा दुताबास मार्फत सुरक्षाका सामग्रीहरु प्रदान गरिने छ ।

१२. विभिन्न अपबाह फैलाउने यो धर्ममा लागे कोरोना नलाग्ने , माताले यसो भने आदि जस्ता अपबाह कसैले फैलाएर त्रास फैलाउन खोजे आजिबन कराबसको सजाय दिइने छ ।

१३. पानी बिजुली लगायतका अन्यकुराहरुको महशुल लिइने छैन र घरधनी हरुले बाहालमा बस्नेसँग भाडा नलिन अनुरोध गर्दछु यदि लिएको पाइएमा हाम्रो टोलफ्री नम्बरमा जानकारी गराउनु होला ।

१४. खाद्यन्न तथा औसधि उत्पादक कम्पनिहरु छलफलको लागि बालुवाटार आउन अनुरोध गर्दछु कसरी कुन तरिकाले काम गर्न सकिन्छ भन्ने कुरा छलफल गरि त्यही अनुसार काम गरिने छ ।

१५. कोहि पनि मन्त्री सरकारी कर्मचारी आदिले हिनामिना गर्न खोजे भ्रस्टाचार गर्न खोजेको पाइएमा जिउदै जलाइने छ । यस्का लागि आवश्यक कानुन तत्काल पास गरिने छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?