मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

<दुःखद् खबर> काठमाडौँ मै प्रहरी, एम्बुलेन्स चालक र डाक्टरले छुन मानेनन्, २८ वर्षीया युवतीको गयो ज्या’न !

काठमाडौं। यो कथा हो सामाखुसीस्थित आशीर्वाद वृ’द्धाश्रममा आश्रय लिएकी सरस्वती भुजेलको। उनको उमेर २८ वर्ष मात्र, तर वृद्धाश्रममा कसरी पुगिन् ? कथा सुरु हुन्छ सिन्धुपाल्चोकको बाह्रबिसेबाट।

नाम मात्र स’रस्वती, तर उनले विद्यालय गएर ज्ञान लिन पाइनन् । किनकि घरमा ‘लक्ष्मी’कै अभाव थियो । १४ वर्षमै बिहे भयो, १५ वर्षमा उनी आ’मा भइन् । छोरी दुई वर्षकी हुँदा दोस्रो सन्तानको रूपमा छोराको जन्म भयो।

विपन्न प’रिवारकी छोरी उनी आफ्ना सन्तानलाई भने सुखी देख्न चाहन्थिन् । तर, श्रीमान् बे’रोजगार थिए, घरको गुजारा चलाउन गाह्रो थियो । त्यसैले ऋण गरेर तीन वर्षअघि उनी वैदेशिक रोजगारीमा गइन्।

कमाएको पैसा उनले श्री’मान्लाई पठाइरहिन् । गाउँको ऋण तिर्न भनिन्, छोराछोरीलाई दुईछाक मिठो खुवाउन भनिन् । पैसा बचत गर्न पनि श्रीमान्लाई अनुरोध गरिन्।

दुई वर्ष कुवेतमा पसिना ब’गाएर उनी स्वदेश आइन् । तर, श्रीमान्ले न ऋण तिरेका थिए, न बचत गरेका थिए । छोराछोरीले झन् दुःख पाएका थिए। यो विषयले घरमा बे’मेल भयो । सरस्वतीले दुई लाख रुपैयाँ नगद लिएर आ’एकी थिइन् । तर, श्रीमान्सँग झ’गडा हुने र मिल्ने क्रम चलिरहँदा त्यो पैसा पनि सकियो।

एकातिर पैसा घ’ट्दै गयो, अर्कोतिर श्रीमान्को या’तना बढ्दै गयो । मदिरा खाएर श्रीमान्ले उनलाई बार’म्बार कु’ट्न थाले । गत जेठमा त श्रीमान्ले यसरी कु’टे, सरस्वती बेहो’स भइन् । उनलाई अस्पताल लग्न छाडेर बाह्रबिसेको पात्लेसिंह जंगलमा फाले’र श्रीमान् रमेश फ’रार भए।

रक्ताम्मे सरस्वतीलाई गाउँलेले देखे । माइतीलाई खबर भयो । उनलाई उ’द्धार गरेर धुलिखेल अस्पताल ल्याइयो । दिदी चमेलीले भनिन्, ‘हामीले त माया मा’रेका थियौँ, तर २०औं दिनमा उसको होस आयो । ऊ बाँची, किनकि उसले दुःख पाउन अझै बाँकी रहेछ।’

सरस्वतीको होस फ’र्कियो, तर मस्तिष्कमा ग’म्भीर चो’ट लागेकाले उनको बोली फर्किएको थिएन । शरीर अशक्त थियो । गाउँ फर्किएर गरिखान सक्ने स्थिति थिएन । त्यसैले उनलाई काठमाडौंका आश्रममा राख्ने तयारी भयो । रि’माले आशीर्वाद वृ’द्धाश्रममा सम्पर्क गरिन् । आशीर्वादकी लीला गुरुङले सरस्वतीलाई आश्रय दिइन् ।

योबीचमा उनको बोली पनि बिस्तारै फर्कँदै थियो, त्यसैले उनले बाह्रबिसेदेखि कुवेतसम्मको इतिवृत्तान्त लीलालाई सुनाएकी थिइन्। ‘अब म ठीकै हुँदै छु, आफैँ गरिखाने हुन्छु, छोराछोरीलाई हुर्काउँछु । तर, मलाई जंगलमा फालेर हिँ’ड्नेलाई जेल पठाएरै छाड्छु भन्ने अठोट उसले मलाई पटकपटक सुनाई,’ लीलाले भनिन्।

सरस्वती शा’रीरिक मात्र होइन, मानसिक रूपमा पनि बलियो हुँदै थिइन् । अघिल्लो सोमबार अपराह्न करिब ५ बजे आश्रमको माथिल्लो तलामा सबैले खाजा खाए ।

कसैको फोन आएको थियो, कुरा’कानी गर्दै उनी तल झरिन् । तर, त्यहीबीचमा बेहोस भइन् । लीला र उनकी सहयोगी नम्रताले सरस्वतीलाई पानी छम्किए, चि’च्याएर बोलाए, तर अनेक गर्दा पनि उनको होस आएन।

लकडाउन भएकाले बा’हिर यातायात ब’न्द थियो । आत्तिँदै उनीहरूले प्रहरीलाई फोन गरे । तर, पाँच मिनेटको दूरीबाट प्रहरी आइपुग्न एक घन्टा लगायो । प्रहरी देखेर लीलालाई केही ढाडस मिल्यो, लौ न सर गाडीमा हालौँ भन्दै उनले आग्रह गरिन्।

तर, प्रहरीले भन्यो, ‘गाडीमा राख्न मिल्दैन । कतिसम्म भने प्रहरी गेटबाट भित्र छिर्नसमेत मानेन । को’रोना होइन, अचानक बेहोस भएकी हो, टाउकोमा चोट थियो, त्यसैले होला भनेर हामीले सम्झाउन खोज्यौँ ।

तर, प्रहरीले गाडीमा राख्न मिल्दैन, घरभित्र छिर्न पनि मिल्दैन भनेर जिद्दी गरे,’ लीलाले भनिन्, ‘गाडीमा राख्न मिल्दैन, घरभित्र छिर्न पनि मिल्दैन भने प्रहरी किन आएको भनेर मैले सोधेँ, यसरी जीवनमरणको दोसाँधमा भएको मान्छेको महत्वपूर्ण समय उनीहरूले बर्बाद गरिदिए ।’

लीला र उनका सह’योगीले एम्बुलेन्सलाई फोन गरे । त्यसको करिब एक घन्टापछि एम्बुलेन्स आयो ।उता सरस्वतीको मुटु चलिरहेको थियो, उनले सास फेरिरहेकी थिइन् । त्यसैले लीला र उनकी सहयोगीले माया मार्न सकेनन् । दुई महिलाले सकिनसकी उनलाई एम्बुलेन्समा राखे । प्रहरी र एम्बुलेन्सचालक पुरुषको समूह तमासे बनिरह्यो ।

अचेत सरस्वतीलाई बोकेर एम्बुलेन्स शिक्षण अस्पतालतर्फ अघि बढ्यो भने प्रहरी टोली सोह्रखुट्टे चौकीतिर । बे’लुकी ८ बजे एम्बुलेन्स शिक्षण अस्पतालको आकस्मिक कक्षको मूलढोकामा रोकियो । स्ट्रेचरमा राखेर बिरामीलाई बाहिर निकालियो । तर, भर्ना लिन अस्पताल तयार भएन।

त्यहीँ कोलाहल भयो । हारगुहारपछि एक चिकित्सक बाहिरै आए । त्यतिन्जेलसम्म सरस्वती अचेत भएको तीन घन्टा भइसकेको थियो । डाक्टरले बिरा’मीको घाँटी छामे । लगत्तै घोषणा गरे– बिरामीको मृ’त्यु भइसकेको छ । लीला र नम्रता स्तब्ध भए । एम्बुलेन्सले त अघि नै बाटो तताइसकेको थियो।

यसरी एक सं’घर्षशील महिलाको जीवन सकियो, तर उनको दुःख अझै सकिएको थिए’न । अचानक मृ’त्यु भएकाले उनको पोस्टमार्टम गर्नुपर्ने भयो । त्यसका लागि डाक्टरले ‘रिफर’ पनि गरिदिए । तर, श’व पोस्टमार्टमस्थलसम्म लग्न कोही पनि त’यार भएन।

को’रोना होइन, अचानक अचेत भएकी बिरामीको मृ’त्यु भएको हो भनेर दोहोर्‍याउँदा पनि उ’नीहरूले अस्पतालका कसैको पनि मन पगाल्न सकेनन् । बाध्य भएर महिलाहरूले नै शव’ लिएर पोस्टमार्टमस्थलमा छिरे । सर’स्वतीलाई ‘फ्रिजर’मा राखेर उनीहरू आश्रम फ’र्किए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?