मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ज’नता ढाँ’ट्ने सरकार ब’हिस्कार गरौं:- ज्वाला संग्रौला

1 min read

प्रधानमन्त्री केपी ओ’लीको फ़ेक आईडी चलाउने कम्युनिस्टका बाँगो दिमाग भएका उच्छृङ्खल बुँगाहरुले कति छिटो सेनाको तलब हामीले काटेको हैन प्रहरी हेडक्वरले काटेको हो , पत्रकारले भ्रम फैलाए भनेर भुक्न भ्याई सकेछन्!

हेक्का राखौ बुँगा मि’त्रहरु, प्रहरी हेड क्वा’र्टर गृह मन्त्रालय अन्तर्गत पर्छ ! हामीले हिजो बिशिष्ठ पदका केहि प्रहरी प्रमुखहरुसँग यो बिषयमा सोध्दा आफूलाई केहि थाहा नभएको बताए!

किन जनतालाई भ्र’ममा पार्ने काम गर्छौ जबकी गृह मन्त्रालयको ठाडो आदेशमा प्रहरी हेडक्वाटरलाई दबाब डालेर तलब काट्ने निर्णय भैराको छ? कि गृह मन्त्रालय सरकारको माताहतमा नै पर्दैन भनेर बोलेरै जित, कि त आफ्नो कमजोरीलाई खुरुक्क स्वीकार गर!

काठमाण्डौका घर धनीहरुलाई घ’रभाडा नलिन ठाडो चेतावनी भेज्ने यहि सरकारका वारेसहरु हैनन्? ल ठीक छ , हेडक्वाटरले तलब काट्ने निर्णय गर्यौ रे म मान्छु तर त्यो निर्णय उपर बृहत छलफल गरि फाईनल डिसिजन दिने त यहि सरकारका लगामहिन ट्रोजन हर्सहरु हैनन् र?

बि’पतको घडीमा देशको से’वा गर्नेहरुको पसिना काट्न सक्दैनौ बरु हाम्रै तलब काट्छौं भन्न के ले रोक्यो गणतन्त्रका ठगहरुलाई? लाज भन्ने जिनिस यी कम्युनिस्ट हरुमा एक थोपो नि बाँकी रहेनछ कि क्याहो?

मुड्की ब’टारेर निधारमा सलाम ठोक्दैमा कम्युनिस्ट भैंदैन लेनिनका आलाकाँचा पाठा ज्युहरु, कम्युनिस्ट बन्नलाई सारा सम्पति र तडकभडक त्यागेर सादगी जीबन बिताउँदै सिस्नो खाएर समाजबादको बाटो हिँड्न सक्नु पर्छ !

ज’नताको खुन पसिनाले ज’म्मा भएको Tax मा होली खेलेर काठमाण्डौमा एक बर्षभित्र पाँचतले घर लगाउने पनि तिमीहरु नै, पानी माथीको ओभानो बन्न खोज्ने हरिया फट्याङ्ग्राहरुपनि तिमीहरु नै.,!

चाहिने कुरा गर.. , नागरिकलाई अरु बढि आक्रोसित हुन् बाध्य नबनाऊ! च्यातिदेलान् तिम्रा बेमौसमी राजगद्दिको कालो पर्दा ..!
#जनता_ढाँट्ने_सरकार_ब’हिस्कार_गरौं!! 👇

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?