मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कि हामिलाइ बी’स (poison) पठाउ हैन भने नेपाल झिकाउ भन्दै एक युवाले लेखे प्रधानमन्त्री लाई यस्तो चिठी।

1 min read

नमस्ते प्रधानमन्त्री ज्यु
कतार को कुना बाट ,यो अनुरोध तपाई सामु पुग्ला या नपुग्ला र पनि आफुलाइ र सम्पूर्ण परदेश बासी लाई हेर्दा मन सारै पोलेर सानो संदेश स्वरुप २ शब्द ले’ख्ने जमर्को गरे।
आज विश्व एउटा दलदल मा मढारी रएको अबस्थामा मा हजुर लाई कुनै गाली गलोज गर्ने आट र हिम्मत त हामी सङ्ग छैन तर सानो आश को दियो छ।

आज तपाई र तपाई को मन्त्रीमण्डले गरेका कति काम सराहनीय र स्वागत योग्य छ्न,नकारात्मक कुरा को टिप्पणी अहिले गरिरहनु उचित ठान्दिन यो बिकराल अवस्थामा ,जिउदो फर्किएछौ भने बाचिए छ भने बिरोध पक्का गरुला चित्त नबुझे को खण्ड मा ,आज देश ले र हाम्रो परिवार ले हामिलाइ स’म्झी रहेको छ ।

आफ्नो प’रिवार लाई २ छाक मीठो खाना र १ धरो कपडा फेर्न मरुभूमि मा दिन रात मरिन्छ कि बा’चिन्छ ज्यानको बाजि मार्दै छौ ।मलाइ लाग्छ मेरो देश त्यति सारो कम्जो’र पनि छैन कि आफ्ना देश का नागरिक अरुको भुमी मा ब्यबारिसे मरुन ।

कमजोर छ त मेरो देश को system त्यो पनि हजुर हरु जस्ता आफ्नै आमाको कात्रो मा कमिसन खाने धमिरा हारु सत्ता साझेदाको भागबन्डा मा,आज हरेक नेपाली आफ्नो देश फर्कन हा’रगुहार गरिरहेको छ ।के शर्त पूरा गर्नु पर्छ त्यो शर्त पूरा गर्न हामी तयार छौ ।यदि मर्नु नै परेछ भने पनि आफ्नै माटो मा मरुला ।

अन्तर्राष्ट्रिय जगतमा यति सारो कुरा चलिरहेको बेला आफ्नो जन्ता आफ्नै देश फर्का तर खोइ सत्ता साझेदारी हारु बोलेका?देश lock down मा छ ,हाम्रो चाहना पनि त्यही हो।सरकार को र समाज को दायर र हाम्रो दायित्व भित्र हामी पनि बस्ने थियौ ।कहिले सम्म पर्देसिएकाले बाटो हेर्ने हामिलाइ सरकाले बाटो खुल्ला गर्छ भनेर?

कि हामिलाइ बीस (poison) पठाउ कि नेपाल भित्रीन चाहने लाई उचित ब्यबस्थापन तयारी मा लाग ।बरु देश लाई ऋण लागे काती पर्छ भाग मा त्यो चुक्ता गरौला । हिजो रेमिटेन्स चलाउने युवा आज बेतलबी (बिना सेलरी) भोकभोकै बसेका छन यो अबस्थामा तिम्रो दायित्व के हो बुझेकै होला !

अब के गर्ने नगर्ने त्यो तिम्रो जिम्मा सरकार ।कान मा तेल हालेर बस्ने समय होईन चेतना भया ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?