मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आफू जस्तो नै’तिक र स’दाचारी मानिस अरु नभएको गोकुल बाँस्कोटाका दा’वी!!

काठमाडौं। पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू जस्तो नैतिक र सदाचारी अरु नभएको दावी गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करोडौं कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिन बाध्य पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले एक जनाले प्रश्न उठाउनसाथ आफूले छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको तर्कसमेत गरेका छन् ।

उनले इमानदारिता र नैतिकतामा आफू पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र पूर्वमन्त्री केशरबहादुर विष्टको समान रहेको जिकीर पनि गरेका छन्।

सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र रंगशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टबाहेक अरूले आफूले जसरी राजीनामा नदिएको तर्क बाँस्कोटाले गरेका हुन् । आफूलाई अनैतिक र भ्रष्ट भन्नेलाई उनले उडाउँदै भनेका छन्, ‘बात गर्छन् ।’

आफ्नो सामाजिक सञ्जालमा बाँकोटा लेख्छन्, ‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ ।

सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी रा’जीनामा दिएका छन् ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन् !’

एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ।सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी रा’जीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट?बात गर्छन!

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रि’न्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडिओ सार्वजनिक भएपछि गत फागुन ८ गते राजीनामा दिन बाध्य भएका थिए ।

प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित घरमा बस्ने बाँकोटा राजीनामापछि केही समय चू’प रहेपनि केही समययता फेरि सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।

आफ्ना निकट बाँस्कोटाको बचाउमा प्रधानमन्त्री ओली स्वयं उत्रिँदा उनको आलोचना समेत भएको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?