मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

राहत पाईन्छ कि भनेर बु’झ्न जाँदा राहतको सा*ट्टो भाटा प्रहार! आ’खिर किन?

1 min read

बिर्तामोड नगरपालिका वडा. न. ४ स्थित सुन्दरटोल सुकुम्बासी बस्तीको कोरोनापीडा आजसम्म कुनै निकाय र नेताको नजरमा परेको छैन । चुनाव आउनेबेलामा भोट माग्न नेकपा, काङ्ग्रेस, संघीय स’माजवादी लगायत मुख्य राजनितिक दलका नेताहरु बारम्बार पुग्ने यो वस्तीमा लक्डाउन्ले भो’क्मरी लाग्ने आवस्था आउँदासम्म कुनै नेता र सहयोगी संस्थाहरुको ध्यान गएको छैन।

त्यसमाथी यतिका दि’नसम्म कतैबाट पनि सहयोग नपाएपछी आज चैत्र ३० गते राहतको विषयमा बुझ्न जाँदा तिनै नेता र वडा जनप्रतिनिधिहरुको आदेसमा तीन जना युवाहरुमाथी प्रहरीले जथाभावी कुट्पिट गरेको छ।

प्राय सबै बिल्डिङ क’न्स्ट्रक्सनको काम गरेर दैनिकी कटाउने यो बस्तीमा कोरोना भाइरस नलागी नै ठूलो समस्या आइपरेको छ।

सरकारले आ’ह्वान गरेको लक्डाउनलाई समर्थन गरेर काम नगरी चुपचाप बसेका सुकुम्बासी बस्तीका करिब २२ घर परिवारमा आजसम्म स्थानिय निकायले सहयोग गरेको छैन । प्राय: दैनिक ज्यालादारीमा लेबर काम गरेर बांच्ने बस्तीमा लक्डाउनपछी काम ठप्प हुँदा दैनिकि जटिल बन्दैगएकोछ।

कतैबाट पनि स’हयोग नमिले अब लक्डाउनलाई सहयोग गर्न घरमा थुनिएर बस्नै नसक्ने आवस्था आएको छ।
जनतालाई दुख पर्दा सहयोग गर्न भो’ट जिताएको जनताको प्रतिनिधि नेकपाद्वारा चुनाव जितेको उक्त वडाका अ’ध्यक्ष कुल बहादुर सङ्ग्रौलालाई सम्पर्क गर्न खोज्दा फोन उठ्दैन।

सं’बंधित निकाय र संघ -संस्थाहरूलाई सहयोगको निम्ति
सुकुम्बासी बस्तिको हार्दिक अपिल…… ।
कोरोनाबाट आफू पनि बाचुँ र अरुलाई पनि बचौँ 🙏🙏

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?