मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक वर्षको त’लब राहत को’षलाई दिन्छु, सांसद नहुँदा पनि बाँ’चेकै थिएँ: नारायणकाजी श्रेष्ठ

1 min read

काठमाण्डौं । स’त्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठ’ले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने ब’ताएका छन्।

एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक रा’हत प्याकेजका लागि दिने श्रे’ष्ठले बताएका हुन्।

‘हामी अहिले कोभिड-१९ र उत्पन्न सं’कटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ-आफ्नो ठाँउबाट भू’मिका खेल्नु जरुरी छ,’ सोमबार ट्वीट गर्दै श्रेष्ठले भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रि’यसभा सदस्यको एक बर्ष’को पारि’श्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’

उनले सांसद न’भएका बेला पनि घरखर्च पार्टीले दिँदै आएकोसमेत उल्लेख गरेका छन्। ‘यसअ’घि वर्षौं सांसद नहुँदा जसरी नै घर भाडा, गाडी र तेल खर्च पूर्व पार्टीले दिँदै आएको थियो,’ उनले भनेका छन्, ‘खाना’सहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले।‘

उनले आफू घुस र भ्रष्टा’चारको शत्रु भएको पनि बता’एका छन्। ‘घुस र भ्रष्टाचारको श’त्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा, निर्वाचनमा समेत ठूला कर्पोरेट हा’उससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागू गर्दै आएको छु,’ उनले भनेका छन्।

सांसद नभएका बेला पनि आफ्नो जीवन चलेकै थियो भन्दै श्रेष्ठले थपेका छन्, ‘सांसद नभ’एको यस अघिको नौ वर्षको अवधिमा पनि खाएकै थिएँ, बाँचे’कै थिएँ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?