मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाललाई दि’ल्लीकै आदेश पर्खनेहरुले शा’सन चलाएका छन् -विनोद त्रीपाठी

1 min read

आखिर, काठमाडौंले दिल्लीको निर्णय पर्खेर बसेको थियो, त्यहि भयो, जुन दिल्लीले गरेको निर्णयको केहि घण्टामै काठमाडौंले पनि त्यहि गर्यो । हो, हाम्रो खुल्ला सिमानाका कारण भारतका केहि बिषयमा हामी एकाकार हुन बाध्यता छ । तर, यो बिषय निकै नितान्त फरक थियो ।

किनकी भारतमा कोरोना फैलिएको छ । भारत ठुलो देश छ । उसलाई लकडाउन लगाउन बाध्यता छ । तर, हामीलाई आवस्यक थिएन । सिमानामा पुरै कडाई गर्ने हो । जसरी, ठुला देशहरुमा कोरोना फैंलिंदा समेत वरपरका साना देशहरुले लकडाउन नलगाएका धेरै उदाहरण विश्वमा छन् ।

चीन खुल्ला छ । भियतनाम, हङकङ, ताइवानदेखि जापानसम्म खुल्ला छन् । पाकिस्तानदेखि तुर्किमेनिस्तानसम्म पनि खुल्लै छन् । स्पेनले सरकारी कार्यालय, कलकारखाना, अत्याबस्यक नीजि कार्यालय खुल्ला गरिसकेको छ । जर्मनीले स्कुल, कलेज पनि खोल्ने निर्णय गरेको छ । इटलीले यहि सातादेखि लकडाउन खुलाउने निर्णय गरिसकेको छ ।

लण्डन स्थित मेरा एक जना मित्रका अनुसार, बेलायत कोरोना भाइरसले आक्रान्त भएपनि लकडाउनकै कारण जनताले सास्ती भोग्न परेको छैन । मर्निङवाकदेखि किनमेलसम्म, अत्याबस्यक कार्यालय र अन्य गतिविधी नियमित नै छन् । सरकारले दुरी कायम गर्न जनतामा कडाइ गरेपनि जनजिवनलाई भययुक्त बनाएको छैन ।

अमेरिका, जापानमा आपतकाल घो’षणा भएपनि जनतालाई घर भित्र थुुनेको छैन । अब विश्वले ध्वस्त हुन थालेको अर्थतन्त्रप्रति ध्यान दिन थालेको छ । धेरै देशले लकडाउनको प्रक्रियालाई परिवर्तन गरेका छन् । जहाँकी, यि मुलुकहरुमा दैनिक हजारौं नागरिक संक्रमित र दैनिक सयौं मरिरहेका छन् । तर, ति देशका सरकारले बु’द्धिमतापुर्वक बाँचेका नागरिकलाई कसरी मृ’त्युवाट जोगाउने र रोग पनि फैलिन नदिने भन्ने बारेमा सचेतपुर्वक कदम चालिरहेका छन् ।

जब दिल्लीले लकडाउन लगायो, अनि काठमाडौंले पनि लगायो । जब दिल्लीले सडकमा मान्छे धपायो, अनि काठमाडौंले पनि धपाउन सिक्यो । दिल्लीले के निर्णय गर्छ, काठमाडौंले पर्खने गर्छ । जब दिल्लीमा म’न्त्रीमण्डलको बैठक बस्छ, अनि काठमाडौंमा त्यसको तयारी चल्छ । दिल्लीले के गर्छ, काठमाडौंले पर्ख र हेर गर्छ । पछिल्लो दिनमा नेपालमा सरकार चलेको यसरी नै हो ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित बाहिर मुलुकबाट आएका मात्र छन् । चैत ४ र ५ गते तेस्रो मुुलुक र केहि भारतबाट आएका मानिसहरुमा मात्र देखिएको छ । यतिसम्म कि उनिहरुसंग संसर्गमा भएकाहरुमा पनि रोग फैलिएको छैन । बागलुङका सबैको रिपोर्ट ने’गेटिभ आइसकेको छ । सनसिटीमा पछिल्लो देखिएका संक्रमित पनि चैत ५ गते युरोपबाट आएका थिए । अन्य स्थानबाट धमाधम आएका रिपोर्ट पनि नेगेटिभ देखिएका छन् । अर्थात नेपालमा संक्रमण फैलिएको छैन । किनकी यो २१ दिन लकडाउन अबधीले केहि न केहि पुष्टि गरिसकेको छ ।

उता, भारतले आज फेरि २१ दिन लकडाउन लगायो । यता काठमाडौंले दिल्लीको निर्णयलाई अनुमोदन गरयो । कता गयो, हाम्रो सार्बभौम निर्णय?

गरिब देशहरुले आन्तरिक रुपमा देश भित्र लकडाउन लगाउन हुँदैन नेपाल सरकारले किन नबुझेको ? हाम्रो सार्बभौम निर्णय खोइ ? जनता त्यसै त गरिब छन् । लकडाउनले झन मर्नेछन् । धनी देशहरुले पो धेरै बर्षसम्म जनताको लागि राहत, सेवा, सुविधा र उपचारका विधी अपनाएका हुन्छन् । उनिहरु लकडाउन धान्न सक्छन् । तर, हामी सर्तक हुने हो । देशै बन्द गरेर होइन, भन्ने किन बुझ्दैनौ ?

भारत तर्फको सिमाना पुरै बन्द गर । पुर्वदेखि पश्चिमसम्म लहरै सुरक्षाकर्मी राख । सर्तकता भनेको यहि हो । कसैलाई आउन नदेउ । नेपाल भित्र यो रोग फैलिएकै छैन । विदेशवाट आउनेलाई रोक्यो भने नेपालमा लकडाउन चाहिन्न भन्ने हिम्मत किन राख्न सक्दैनौ ?

गर्नुपर्ने काम गर्देनौ । भारतवाट सामान ल्याउँदा चालक र कर्मचारीको अनिवार्य स्वास्थ्य परिक्षण गरेर मात्र आउन देउ । अरु मान्छे अहिले आउन पुरै बन्द गरिदेउ । अनि, कहाँबाट छिर्छ कोरोना ? कोरोना भाइरस आकाशवाट उडेर आउने होइन भन्ने किन बुझ्दैनौ ?

मानिसले ल्याउने हो, मानिसलाई आउनै नदिएपछि देश भित्र किन चाहिन्छ, लकडाउन लकडाउन गर्नु परे कुनै सवेदनशिल क्षेत्र, जिल्ला मात्र वन्द गरिदेउ । जसरी चीनले वुहान शहर मात्र बन्द गरेको थियो । कोरोना नियन्त्रण गर्ने भनेर चीनले पुरै देश कहिल्यै ब’न्द गरेन । धेरै देशहरुले घरमा अनिवार्य बस्नु भनेपनि अनिवार्य गर्नुपर्ने काम रोकेका छैनन् । र जनतालाई सास्ती दिएका छैनन्।

फेरि पनि सोचौं, यो २१ दिनको लकडाउनले यो प्रमाणित गरेको छ कि, नेपाल भित्र कोरोना भाइरस फैलिएको छैन । सिमानामा कडाई गरौं । सरकारले जनतालाई भयभित पार्ने होइन, सजग र निर्देशिन मात्र गर्ने हो । लाग्छ , अहिले नेपाल सरकारले दिल्लीको आदेश बमोजिम जनतालाई भयभित वनाइरहेको छ ।
७ बर्ष अघिको कुरा हो ।

दिल्लीका एकजना ब्यापारीसंग मेरो भेट भएको थियो । केहि ब्यापारिक काममा उनि अम्वानी दाजुभाइसंग सहकार्य गर्छन् । उनले भनेका थिए,‘

As the Delhi order, Kathmandu operates. Nepal is a state like our Jammu and Kashmir. We like the people of Kashmir and Nepal. मैले भने, ‘No, no, Nepal is a separate country, Nepal is a sovereign country. What do you mean . He laughed again and said, “It is sovereign, this freedom is also talked about by Jammu and Kashmir.” Is Jammu and Kashmir a separate country?

Just as Jammu and Kashmir are governed by the order of Delhi, so is Nepal. And how did Nepal become a sovereign country.

उनको यो उत्तरको निकै प्रतिवाद गरें । तर, उसलाई अहिले पनि नेपाल स्वतन्त्र मुलुक हो भन्ने लागेकै छैन । भारत भित्र उनि जस्तै नेपाल अलग देश हो भन्ने नबुझ्नेहरु लाखौं मानिस छन् । तर यता नेपाललाई दिल्लीकै आदेश पर्खनेहरुले शासन चलाएका छन् !!!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?