मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

देशमा यु’द्दको तेवर छेडेर गरिबको छाती ब’न्दुकले फु’टाले जस्तो सजिलो कहाँ छ र प्र’चण्ड ज्यु देश चलाउन ?

हुनत एक छाक मासु खानु ठुलो कुरो हैन तर देशलाई सिंगापुर बनाउँछु भनेर हजारौ गरिबका छोराछोरीको क’त्लेआम गरि ल्याएको गणतन्त्रले बालुवाटार अगाडिको सडकको खाल्डो समेत पुर्न नसकेकोले प्रचण्डलाई जनताले गाली गरेका हुन्!

सर्बहारा बर्गको भलाई गर्छु , धनी गरिब समान बनाउँछु , बर्गिय पर्खाल भ्वाक्कै भत्काउँछु भनेर बुलेटद्वारा क़ब्ज़ा गरिएको सत्ताको भात र भत्ता खाने मुख प्रचण्डका साखासन्तानको मात्र देखिएकोले युद्दमा परिवार गुमाएका पदम कुँवर र रतन तिरुवाको मुड्की र जुत्ता बजारिएको हो प्रचण्डको निधारमा !

कोरोनाले भित्र्याएको त्रा’स सँगै लक’डाउनमा पेट डाउन भएका बिहान साहुको मेलापात गरेर बेलुका चु’ल्हो बाल्ने गरिबहरुलाई बचाउँन सामाजिक अभियन्ता हरु दिनरात खटिरहँदा देशको सर्बोच्च पदमा साँडे जस्तो कुर्सी ओगटेर बसेका सासकहरुले चाहिँ आफ्ना दरसन्तान वरिपरि राखेर किटको कराईमा लोकल कुखुरो पकाउँदै गरेको दृस्यले हो जनताले यो फ़ोटो भा’ईरल गरेको !

देशमा युद्दको तेवर छेडेर गरिबको छाती बन्दुकले फुटाले जस्तो सजिलो कहाँ छ र प्रचण्ड ज्यु देश चलाउन ?

नागरिकका जायज प्रस्न, आलोचना र गालीलाई आत्मसात गरि गरिबको आँगनमा एक छाक मासु खुवाउन सक्ने उदारवादी गणतन्त्र कहिले ल्याउनु हुन्छ हाम्रो मुलुकमा?
#जबा’फ_छ??

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?