मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ल’कडाउनको का’रण दूध बिक्रीवितरण नभएपछि सडकमा दूध पो’ख्दै किसान!

बाँके । ब’न्दाबन्दीका का’रण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पो’ख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन के’न्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोख्नुभएको छ ।

दुग्ध विकास संस्थानको को’हलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताउनुभयो । कोभिड–१९ स’ङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बि’क्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै यहाँका दूध उत्पा’दक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् ।

दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ । बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा प’शुपालन व्यवसाय पनि धराशायी हँुदै गएको डु’डुवा गाउँपालिका –२ बेतहनीका किसान रामसोहन यादव बताउनुहुन्छ । गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभका कारण पोखेर घर फ’र्कनुपरेको उहाँको गुनासो छ ।

ठूलो परि’माणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) को को’हलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयो’जनाले बन्दा’बन्दीपछि दूध सङ्क’लनमा ५० प्रतिशत क’टौती गरेको छ । आयो’जनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि त्यसलाई घटाएर दैनिक ६ हजार लिटर सङ्कलन गर्ने गरिएको आयोजनाका प्रमु’ख योगेन्द्र साहले बताउनुभयो ।

उहाँका अनुसार, दैनिक स’ङ्कलन हुने १३ हजार लिटर दूधमध्ये एक हजार टिर बाँकेमा खपत गरी बाँकी १२ हजार लिटर पाउडर प्रशोधनका लागि चितवन र पोखरा पठाइन्छ । कोरोनाका कारण अहिले ५० प्रतिशत मात्रै दूध लिने गरेकाले दूध सङ्कलनमा पनि कटौती गर्नुपरेको हो ।

पोखरा जाने दूधमा ५० प्रति’शत क’मी भएसँगै बाँकेमा किसानबाट दूध सङ्कलनमा पनि कमी गरिएको आयोजना प्रमुख साहले बताउनुभयो । ‘लक’डाउनको शुरुमा एक हप्ता त होलिडे नै भयो, अहि’ले त्यस्तो छैन । सबै कि’सानको दूध खरीद गर्न सकेका छैनौँ, जसले फोन गर्छ, समस्या छ, उसको लिएका छौँ । आफैँ व्यवस्थापन गरिरहेका कि’सानको खोजिनिती गरेका छैनौँ’,उहाँले भन्नुभयो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?