मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“प्रचण्डले माधव, नेपाललाई पनि, लगाए साइड ? निकाले यस्तो बिज्ञप्ती”

“काठमाडौ । सर्वोच्च अदालतले आइतबार गरेको फैसला पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन गरेनन् । सर्वोच्चले नेकपा खारेज गर्दै दुवै पक्षलाई आफ्नो आफ्नो पार्टीमा फर्कन आदेश दिएको छ । सार्वेच्चको आदेश अनुसार प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन भने पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुन् ।”

“तर, सोमबार नारी दिवसका अवसरमा प्रचण्डले शुभकामना दिँदा नेकपाको लेटरहेड प्रयोग गरेका छन् । उनले नेकपाको अध्यक्षकै हैसियतमा महिला दिवसको शुभकामना दिएका हुन् ।”

“ओली र प्रचण्डले नेतृत्व गरेको नेकपालाई सर्वोच्चले खारेज गरेर पूर्ववत अवस्थामा फर्कन आदेश दिएको छ । प्रचण्डले सर्वोच्चको सो आदेशलाई अप्रत्याशित भनेका छन् । यो फैसलाले राजनीतिक अन्यौलता बढेकै छ । ऋषि कट्टेलले नेतृत्व गरेको नेकपालाई अदालतले आधिकारिता दिएको छ ।”

“नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डले शुभकामना दिँदा अर्का अध्यक्ष माधवकुमार नेपाल भने छैनन् । सामान्यतः नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डसहित माधवकुमार नेपालले पनि संयुक्त हस्ताक्षरमा शुभकामना जारी गर्थे । तर, सोमबार दिएको शुभकामनामा भने प्रचण्डको मात्र हस्ताक्षर छ ।”

“प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि आन्दोलनमा रहेका प्रचण्ड नेपालले छुट्टै केन्द्रिय समितिको बैठक बोलाएर ओलीलाई कारवाही गर्दै अध्यक्षमा माधव नेपाललाई चयन गरेको हो । त्यस यता उनीहरुले हरेक कृयाकलाप दुई अध्यक्षका हैसियतले गर्दै आएका छन् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?