मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

म रा’जाबादी हैन तर आज म यति बोल्छु बोल्छु – ज्वाला संग्रौला

म राजाबादी हैन तर आज म यति बोल्छु बोल्छु चाहे मलाई राजाबादीको ट्याग नै किन नलगाऊ कोखमा दारा भएका बामपन्थी जत्थाहरु !!

जब राजा वीरेन्द्र गद्दिमा थिए, त्यति बेला भारतले नेपाल विरुद्ध पन्द्र महिने नाकाबन्दी गरेको थियोे ।राजाले त्यति बेलाका प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई तुरन्त पत्र काटी दरबारमा बाेलाएर सोधेछन्

” सरकार ,भारतले हाम्रो मुलुकमा नाकाबन्दी त लगायो लगायो तर त्यहाँ काम गरेर बसेका सबै नेपालीलाई पनि निकाल्ने भन्ने कुरो सुन्दैछु ।कतिजना मेरा जनता भारतमा गएर काम गरिरहेका छन् ? मलाई १० घण्टाभित्र रिपोर्ट चाहियो।”

प्रधानमन्त्रीले भनेछन् , “ महाराज मलाई १० घण्टा हैन १० दिनको समय दिबक्सियोस् ! म हजुरको बचनको पुर्ण पालना गर्ने छु!”

त्यसपछि प्रम मरिचमानले प्रहरी प्रशासन ,राजनैतिक बिश्लेषक, जनसंख्या मन्त्रालय र भारतमा रहेका नेपाली गुप्तचर सबैको रिपोर्ट दिन रात नभनि भेला पारेर आठदिनमैँ राजासमक्ष पेस गर्दै भनेछन् , “महाराज ,जम्मा तीन लाख सत्तरी हजार नेपाली भारतमा रहेछन्।

अब उनीहरूलाई नेपाल झिकाएर सरकारको ऐलानी जमिनमा म मिलाएर राख्छु।पढेलेखेका मानिसलाई रोजगारी दिलाउँछु।अरुलाई पनि गाँस , बास र कपासको ब्यस्स्था मिलाउँछु! चिन्ता नलिई बक्स्योस्।””राजाले भनेछन् ,” मेरा जनता कसैले दुःख नपाउन् । चाँडो गरौँ सरकार!

हेर्नुस त राष्ट्रनायक र दलनायकको सोचमा कति अन्तर हुँदोरहेछ ।अहिले जनताहरु भोकभोकै साना नानीहरु काखी च्यापेर बाटोमा लडिरहेका छन् ! काम नपाएको बुढो मु्र्ती बोक्ने १८ करोडको गाडी र ८२ लाखको नेपाली नक्सावाला केक बोक्ने हेलिकॉप्टर यतिबेला ती गरिबहरु बोक्न के ले रोक्यो यि देशका दलालहरुलाई !

रास्ट्रको यस संकटको घडीमा आज जनप्रिय राजा वीरेन्द्रको सारै याद आयो! स्टाटस लेख्दै गर्दा आँखाबाट झरेको आँसुले मोबाईको स्कृन समेत भिजेको छ! अहिलेकी मोटी बडामहारानी बिधा भण्डारी र नवमहाराजधिराज खड्के र पुस्पकमले कुन दरबार भित्र मासु भुटेर हसुर्दै छन् हँ? यिनीहरुलाई कोर्रा हानेर बाहिर निकालौं साथीहरु 😡
#म_बोल्छु👊👊

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?