मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अब जनता आ’कुल – ब्या’कुल भइसके तिमिहरुको एकरती पनी बिश्वास गर्न छाडिसके!बिश्वास गरौपनी कसरी ?

नेपालमा कोरोना भा’ईरस सं’क्रमितको संख्या ३० पुग्यो सरकारले बेलैमा अन्तर्राष्ट्रिय उडान बन्द गरेको भय र भारत संगका प्रत्येक नाका नाकामा कडाई गरिदियको भए आज यो दिन देख्नु पर्ने थियन! आजपनि मजदुरहरूको बिचल्ली छ! भिडभाड छ!

सरकारले बेलैमा ब्यवस्थापन गर्न नसक्ता कोरोना भाईरस बाट भयावह अबस्था आईपर्ने निक्श्चित भयो अब। यति शब्द त प्रयोग गर्न मन त थिएन तर नागरिक बाध्य भयका छन र भन्दैछन कि भ्रष्ट सरकार त ठुलो गल्ती गर्दैछस्!

देश भित्रै गन्तव्य पुग्न वहोर दोहोर् गरिएका देशबासीलाई घरसम्म पुर्याउने सवारी साधन नभएको होर ?पक्कै होईन। ट्रक स्कुल बस सरकारी सवारी साधन अरबौ खरबौ खरबका हजारौं छन! करोडौंका हेलिकप्टर छन यी सवारी साधन प्रयोग गरेर मजदुरलाई घरसम्म पुर्याउने आदेश दिन राष्टपति र प्रधानमन्त्री लाई के ले रोकेको छ ?

प्रधानमन्त्री वा राष्ट्रपति आफैले बिचल्ली यात्रु वसारपसार गर्नु पर्ने होर ? मात्र आदेश दिए पुग्दैन ? जनताका समस्यामा प्रयोग नहुने ती सवारीसाधन किन चाहियो ? जनताका समस्याहरू माथी रहेर बोल्नलाई किन यति धेरै कन्जुस्याइँ गरेको ?

कोरोना भाईरस नेपालमा हुदै नभए जसरी एसी लगाएर ठुलो महलमा इतिहास कोरेर आएको जसरी आनन्दले चुपचाप लागेर बस्ने कस्ले कोचिदियो मुखमा पिडालु ??

नेपालको अर्थतन्त्र धानेका मजदुरहरू सुनसान अध्यारो बाटोमा भोक भोकै हिडिरहेका छन महाराज र महारानी ज्युले माथिबाट आदेश यस्तो दिनुहुन्छ कि ति मजदुरहरुलाई जहाँ छन त्यही रोक लगाउ!वा जनताका प्रधानमन्त्री!जनताका राष्ट्रपती भन्न पनि घिन लागेर आउछ।

हरेक बिषयमा आम नागरिकले खबरदारी गरि रहनु पर्ने हो भने ती जनताले तिरेको कर र रेमिट्यान्स बाट मोटाएर बसेका किर्ना हरुको के काम किन पालेर राख्नु ? नत्र बेलैमा हरेक समय आईपर्ने समस्या हरुको लागि पुर्ब तयारी गर्नुपर्छ कि पर्दैन ??

हिजो कोरोनाले बिदेशी राष्ट्र चिन ईटाली लगायतका राष्ट्र लाई अंगाल्दै गर्दा सामाजिक संजाल टुईटर लगायतका माध्यमबाट आमि आम नागरिकले लकडाउन गर सरकार अन्तरास्ट्रिय उडान बन्द गर पैदल नाका हररू मा कडाईका साथ चेकजाँच गर भन्दा कानमा तेल हालेर सुनेको नसुनै भयको परिणाम आज आम नागरिकले भोग्दैछन याद छकी छैन ??

रह्यो कुरा बिदेशमा बिचल्नी परेका नागरिक नेपाल ल्याउने बारे ! देश भित्रै बिचल्ली परेका नागरिकको ब्यवस्थापन गर्न नसक्ने सरकारले विदेशमा श्रम गरिरहेका नेपाली नागरिकलाई गाँस बास कपासको जोहो गर्ला वा स्वदेश फर्काउला भनेर ढुक्कसँग भर हामी पटकै परेका छैनौ!

आशा भने जरूर गरेका छौ किनभने आफ्नो पसिना र रगत खाडीको ८०°डिग्री चर्को तापक्रम सगँ जुधाएर प्याक प्याक गर्दै तिमिहरुलाई पाल्न अर्बौ रेमिटेन्स पठाएका छौ! यहि कारण पनि आस गर्नु पाप हैन !

यो बिदेशी भुमिमा यदि कोरोना ले नेपालिलाई भेट्यो भने सडकको कुकुर मराई हुनेछन याहाको राजदुतावास आफुले काम गर्ने कम्पनी कसैले हेर्ने छैन यो बारे पनि बेलैमा केही सोचिदिनु पर्यो महारारी महाराज ज्यु हरु!!कोरोना कोषमा जम्मा गरेको रंकम नागरिकको उद्धारमा प्रयोग भएको खोई कि तिमीहरू कै भुढीमा प्रयोग हुँदैछ ?

अब जनता आकुल ब्याकुल भाइसके तिमिहरुको यकरती बिश्वास गर्न छाडिसके!बिश्वास गरौपनी कसरी ? स्वास्थ सामाग्री खरिद प्रकरण ताजै छ हैनर ? हेल्लो: यता सुन्नोस त यो कोरोना महामारीका कारण विश्वका ठुला पुजिपती राष्ट्रहरूले घुँडा टेकेका छन दिनरात नभनी त्यहाका राष्ट्पति प्रधानमन्त्री उपस्थित भइ जनतालाई गाँस बास कपास को ब्यबस्था गर्ने सोयम घर घरसम्म पुगेका छन् जनताको चित्तबुझाउन सफल भयका छन! नेपालका तिमिहरू भने यसिवाला रुम का ढोका झ्याल सम्म खोल्दैनौ?? धिक्कार छ !

अब हामीलाई जबाफ चाहियो त्योपनी जरुर यदि तिमीहरुको जिम्मेवारी देश र जनता बचाउने होईन भने जिम्मेवारी चै के हो ?? यसको जवाफ मैले मात्र हैन करोडौं जनताले मागेका हुन।
नोट: सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यु र सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको अपमान गरेको अभियोग नलागोस् यति बेला उचित ढंगबाट नागरिकलाई ब्यवस्थापन गर्न सरकारको कर्तब्य हो।।

#अच्याचार_भयो_म_बोल्छु🇳🇵✊

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?