मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री भाइरस नि’र्जीव भन्ने, स्वास्थ्यमन्त्री पी’पीई भनेको नै न’बुझ्ने, यसरी चलेको छ मुलुक!

काठमाडौं । कोरोना भा’इरसले अहिलेसम्म संसारभर एक लाख ६० हजार मानिसको मृत्यु भइसकेको छ । झन्डै २३ लाख मानिस संक्रमित भएका छन् । चीनको वुहानबाट फैलिएको यो भाइरसले संसारका एक द’र्जनबाहेक सबै देशलाई हायलकायल बनाएको छ ।

चीन, अमेरिका, बेलायत, फ्रा’न्सलगायतका देश को’रोनाभाइरसविरुद्धको खोप तयार गर्न लागेका छन् । विश्वका ठूल्ठूला अ’नुसन्धानकर्ता तथा औषधि क’म्पनी कोरोनाविरुद्धको भ्याक्सिन बनाउन तल्लीन छन् । धेरै देशले भ्या’क्सिन बनाउन अर्बौं डलरसमेत खर्च गरिरहेका छन् । हरेक देशका प्रधानमन्त्री, राष्ट्रपतिले कसरी को’रोनाको सामना गर्ने भन्ने अध्ययन, अनुसन्धान र उपाय खोजी गरिरहेका छन् । तर, सफल भ’इसकेका छैनन् ।

नेपाल पनि कोरोनाभाइरसको जोखिममा नपर्ने कुरै भएन । संसारका धेरै जन’संख्या भएका चीन र भारतको बीचमा छ नेपाल । सुरुको तीन महिना चीनमा भा’इरसले तवाह मच्चायो । अहिले भारतमा तीव्र रूपमा फैलिरहेको छ । चीनभन्दा भारतमा को’रोनाको फैलावट नेपालका लागि चिन्ताको विषय हो ।

यस्तो अवस्थामा सरकार चलाउने व्यक्ति हरेक विषयमा जानकार हुनुपर्ने हो । प्रधानमन्त्री र स्वा’स्थ्यमन्त्रीको भूमिका त यसबेला निकै ठूलो हुने गर्छ । तर, नेपाल भने त्यसको अपवाद देखिएको छ । विषय वि’ज्ञ मन्त्री नहुँदा देशले कस्तो मू’ल्य चुकाउनुपर्दो रहेछ भन्ने अहिले देखिइरहेको छ ।

कोरोनाभाइरसबारे सरकारले पहिलोचोटि आधिकारिक निर्णय गर्दा स्वास्थ्यमन्त्री भानुभक्त ढ’कालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प’र्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) स्वास्थ्यकर्मीका लागि आवश्यक पर्छ भन्दा किन चाहियो पीपीई ?

भन्दै झपारेका थिए । पछि उनले माफी माग्दै अर्थ नबुझेको प्रतिक्रिया दिए । त्यसबेलादेखि नै अहिलेका स्वास्थ्यमन्त्री ढकालबाट देशले कोरोना महामारी जित्न नसक्ने बु’द्धिजीवीले बताउँदै आएका छन् ।

झन् पछिल्लो समय नेपालका एक मात्र वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई मन्त्रालयमा ज’गेडामा राख्ने निर्णय गर्नु मन्त्री ढकालको जीवनकै ठूलो भूल भएको विश्लेषण गरिँदै आएको छ ।

स्वास्थ्यमन्त्री विषयबारे जानकार नहुँदा आलोचित हुँदै आएका थिए, यहीबेला प्रधानम’न्त्री केपी ओली पनि मुछिएका छन् । भाइरसबारे अन्टसन्ट अभिव्यक्ति दिँदा अहिले चर्चाको पात्र बनेका छन् ओली ।

शुक्रबार उच्चस्तरीय सम’न्वय समितिको बैठकमा दुई घन्टा प्रवचन दिएका प्रधानमन्त्रीले भनेका थिए, ‘बरू आँखा भन्दा मुख र नाक बाटै बढी सर्ने हो । आँखाबाट पनि सर्छ भन्ने कुरा पनि छ तर तु’लनात्मक रूपले मुख र नाकबाट नै बढी सर्ने अध्ययनबाट देखिएको छ । कोरोना भाइरस नयाँ भाइरस हो ।

यसबारे अध्ययन अनु’सन्धान हुँदै छ । नयाँ नयाँ कुराहरू पत्ता लगाइदै छ । भा’इरस आफैमा निर्जीव भने हुँदै हो । अन्यथा लिनु जरूरी छैन ।’

प्रधानमन्त्री ओलीले दिएका स्वास्थ्यसम्बन्धी टिप्स अवैज्ञानिक रहेको चिकित्सकहरूले नै बताउँदै आएका छन् । अझ चस्मा लाउन नछोड्नु भन्ने उनको अभिव्यक्ति त सामाजिक सञ्जालमा ट्रोल बनेको छ । देशकै प्रधानमन्त्री र स्वा’स्थ्यमन्त्री विवादमा आउनु देश र जनताका लागि राम्रो संकेत नभएको जनताको मूल्यांकन छ । 
– यो खबर क्यानाडा नेपाल मा छापीएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?