मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गंगा सुबेदीको हम’ला, कि राहत दे, कि हामीलाई दिने वातावरण दे, ना’लायक , सरकार!

एउटा आर्मी परिवारमा जन्म भएपनि यो चुस्ते गृहमन्त्रीको मुटु भने बड्क्यौला जस्तो रहेछ,अनपढ ग’वार पनि हैन, पढेको पनि छ, तर बुद्धिको भाडामा बिर्को लागेपछि , कसको के लाग्ने रहेछ र,स्कलरसिप पाएर पढे पनि गिदिमा गोबर नै भरिएको रहेछ।

हजारौं जनताको रग’तको होलि खेल्यो ,जनधनको क्ष्यति गर्यो,अनि त्यहि योद्धाको रगत चुसेर पटकपटक नेपाली राजनीतिको उच्च स्थानमा पनि पुग्यो तर माख्खो मारेन,न त आफ्नो जातजाति , धर्मको संरक्षण नै गर्यो,नत अधि’कारको लागि नै लड्यो, हिजोका दिनमा सोझा , नेपाली दाजुभाइ , राई लिम्बू , मगर,जस्ता हजारौं नेपालीलाई विभिन्न सपना देखाएर कलम चलाउने हातमा बन्दुक भिरायो।

आफ्नो स्वार्थ पुरा गर्यो,तर विड’म्बना त के छ भने जनयुद्ध लडेका नेपाली दाजुभाइ , ती यो’द्धाको शरिरमा लागेको गोलि समेत अझैसम्म निस्किएन,हिजोको दिनमा फित्ते चप्पल लगाउने हैसियत थिएन,तर जब होलि खेलेर सिंहदरबार छिर्यो तब करोडौंमा खेल्ने खेलाडी बन्यो तर उसको लागि शत्रु’ले हानेको गोलि थाप्ने छातिहरु तड्पि रहेका छन्।

गृहमन्त्री भएपछि के गर्यो? जनताको हितमा? न सिन्डिकेट हटायो,न केही ? बरु उल्टै तस्करी गर्न सिङ्गो गृहमन्त्रालय लागेको छ,हिजो गुइठा र गोदोको ढिढो नसिब नभएको मान्छे राम बहादुर थापा (बादल)।

आज यति चाडै आफ्नो ध’रातल बिर्सेर , ती गरिब , दिनदुखीको भोको पेटमा लात हान्ने हिम्मत कसरी गर्यो?हिजोका दिनमा थोत्रो बन्दुक देखाएर बासि भात लुटेर पेट भरेको बिर्सेउ?

अनि आज त्यहि भोका पेटले, गाँस माग्दा , त्यो पनि बन्द गर्न तिम्रो आत्माले कसरी स’क्यो?यो बेला त, तिम्रो सम्पति बेचेर पनि जनतालाई सहयोग ग’र्थ्यौ यदि तिमी साच्चै जननेता भएको भए , यसरी अरुले दिन लागेको पनि खोस्ने थिएनौं ।

पहिले ती भोका लाई गाँस देउ,माअोबादि संग त मेरो हिसाबकिताब धेरै बाकी छ, त्यो समय आएपछि , कानुनको मोलमोलाइ बन्द भएपछि खोज्ने छु,तर,यो समयमा कि जनतालाई तिमी राहत देउ, या हामीलाई दिने बाटो देउ!

यसरी टा’ङ हाल्ने काम नगर्न अनुरोध गर्दछु,यदि राप बढ्दै गए, तिम्रो टाङ जनताले तोड्ने छन्, डाक्टरले पनि कहाँबाट कसरी जोड्ने भनेर अलमल हुने दिन नआउला भन्न सकिदैन ! कि राहत त दे, कि हामीलाई दिने वातावरण दे, नालायक , निकम्मा , माचिप्ले सरकार।।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?