मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सं’कटको घडीमा अ’ध्यादेश ल्याउनु अ’त्यन्तै दुःखद् हो- एच बी ताम्राकार

1 min read

जापान !संकटको घडीमा अध्यादेश ल्याउनु अत्यन्तै दुखद हो । नेपाल लगायत विश्व कोभिड-१९ को समस्या संग मिलेर लडिरहेका छन् । नेपाल सरकारले यो विषम परिस्थितिमा अन्य दलहरुसंग मिलेर नेपाली नागरिकको समस्यालाई सामाधान गर्ने बाटोमा अगाडी बढ्नु पर्ने हो ।

तर यस्तो देखिएन् । देश र दे़श बाहिर धेरै युवाहरु अलपत्र छन् । नेपाल भित्र भोकमरीको सृजना भएको छ ।कोरोना संक्रमण का केशहरु बढिरहेका छन् । राहत वितरणमा अनियमितता देखिएका घटनाहरुपनि बाहिर आइरहेका छन् ।

स्वास्थ्य सामग्रीमा अनियमितता देखिपछी नागरिक असन्तुष्ट छन् । सरकारले तत्काल कार्यवाही गरेर नागरिकको विश्वास जित्नुपर्ने ठाउँमा देशकै ठुला दलहरु भित्रको असन्तुष्टि लाई छिट्टै अध्यादेश को यो बाटोबाट नयॉं शक्तिको रुपमा अगाडी बढ्न दिन अवसर दिएको देखिन्छ ।

यो समयमा सरकार बनाउने र गिराउने अनि पार्टी फुट्ने समय होईन् ।पार्टी भित्र को असमझदारीले अव नयॉं रुप लिने निश्चित छ । सरकार बनाउने र भत्काउने खेल सुरु हुने देखिन्छ ।

तत्काल सरकार भत्काउने खेल नहोस् तर हुन सक्छ की भन्ने शंका लगभग देखिएको छ ।यदि सरकारले मिलेका दलहरुपनि फुटाउने , भत्काउने र अराजकता फैलाउने कार्यको प्रोत्साहन दिन खोजेको हो भने लकडाउनको मारमा खुम्चिएर बसेका नेपाली नागरिककालागि अनिष्ट आउन सक्छ ।

नेपाली कांग्रेस को स्टेटमेंटमापनि सरकारलाई प्रहार गरेको देखिन्छ ।समाजवादी र राजपालेपनि विरोध गरेका छन् ।नेकपा भित्र कै नेताहरु पनि असन्तुष्ट छन् । डा.भिम रावल सरको ट्वीट पनि हेरियो । अनिष्ट हुनसक्ने संकेत कमरेड डा. भिम रावल सरले भनिसक्नु भएका छन् ।पार्टी मात्र होईन , नेपाल भित्रका सवै शक्ति र समयन्त्र र देश वाहिरका अन्य शक्तिहरु एकै ठाउमा उभ्भिनु पर्ने वर्तमान समयको माग हो ।

तर , यसको विपरित सरकारले कदम चाल्नु अत्यन्तै गम्भिर विषय हो ।सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु प्रति देशको भरोसा टुटेको छ ।यो समयमा यस्तो निर्णय गर्नु देशलाई गहिरो खाडलमा धकेल्नु जस्तै हो । निर्णय फिर्ता लिएर अझै यो गम्भिर परिस्थिति को ख़्याल गरी नागरिकको पिडालाई मिलेर संवोधन गर्न हुन् विशेष अनुरोध छ ।

जय देश , जय स्वाभिमान

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?