मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

७ वर्ष अघि बिश्व की’र्तिमान कायम गरे संगै सुरु भएको सहकार्य नै मेरालागि अवसर बन्यो- रबी लामीछाने

1 min read

काठमाण्डौं! NEWS 24 टेलिभिजनले आफ्नो प्रशारणको १० वर्ष पूरा गरेको छ। ७ वर्ष अघि बिश्व कीर्तिमान कायम गरे संगै सुरु भएको सहकार्य नै मेरालागि अवसर बन्यो।

टेलिभिजन ब्यवस्थापनले सम्पादकीय स्वतन्त्रता प्रदान नगरेको भए आम दर्शकहरुको यो माया र प्रेरणा सोच्न नसकिने बिषय हुन जान्थ्यो। यो अवसरमा म टेलिभिजनका अध्यक्ष अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दै बधाई व्यक्त गर्दछु।

महाप्रबन्धक सुधीर राजभण्डारी, न्युज डेस्क टिम,अन्लाईन डेस्क टिम साथै केन्द्र देखि देशै भरिका टिभी जर्नलिस्ट साथीहरू र पर्दा पछिल्तिर बसेर अहोरात्र खटिएका सम्पुर्ण प्राबिधिक साथिहरु सबैलाई बधाई।

news 24 संग मेरो नाता जोडिदिनु हुने आदरणीय निर्मल राज पौडेल ज्यु प्रति आभार व्यक्त गर्दछु। शुरूवाती दिनहरुमा सदैव हौसला प्रदान गर्नु हुने मित्रहरु प्रेम बानियाँ, सुशील अर्याल र मुकुन्द दाहाल प्रति विशेष आभार।

म भन्दा धेरै मेहनत गर्ने सिधाकुरा जनतासङ टिम, कार्यक्रम प्रोड्युसर दिपक बोहरा,भाइ युवराज कंडेल लगायत सबैलाई १० औ वर्ष पुरा भएको उपलक्ष्यमा हार्दिक बधाई। थप जिम्मेवार हुँदै खवरदारी गर्ने छौ। यात्रा जारी छ। हामी निरन्तर न्युजमा छौ….

– रबी लामीछाने

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?