मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पुर्व एमालेहरुले पार्टी बलियो भएको र बहुमतमा रहेको देख्नै सक्दैनन ,यसमा यिनलाई अ’सैया पीडा हुन्छ !

हिजो मोनमोहन अधिकारी प्रधानमन्त्री हुदा ल्यायका जनमुखी योजना र जनताले रुचाएका दिर्घकालिन विकासका कार्ययोजना बाट जनताको मन जितेर बहुमत ल्याउने छाटकाट के देखेका थिय ओलीले गरेको रास्ट्र घाती महाकली सन्धि को बारेमा बहस निस्क्यो।

र यिनि हरु भित्र नै यिनैको भाषामा भन्दा कोहि रास्ट्र घाति भय कोहि अवसरवादी भय र अन्तत पाटि फुटाएर बहुमत ल्याउने स्वर्णिम अवसर गुमाए !

त्यसपछी लौ हामिले अवसर नै पायनौ भन्दै जनता समक्ष रुवावासी पनि गर्दै गरे तर बारम्बार सरकार मा सहभागी हुदै लुट धन्दामा लागे जसको प्रतिफल, सबै एनजिओ, आइएनजिओ, निजि स्कुल, निजी अस्पताल, बिभिन्न तस्कर माफिया हरु, गुन्डा नाइके हरु सबै आफ्ना बनाउन सफल भय र यसैमा बिसौ बर्ष लाज नै न मानी अवसर पायनौ भनेरै बिताय !

पछिल्लो समयमा आएर आफुहरुको मात्र दाल नगल्ने र विसौ बर्ष देखी जस्तै फेरि पनी काङ्रेसकै घोडा बन्नु पर्ने लक्षण देखेपछि प्रचण्ड नामक छेपारे अश्त्र प्रयोग गरे र त्यसमा एक हदसम्म सफल पनी भय ! जव बहुमत आयो त्यो पनी दुइ तिहाइ यिनको मनमा बेचैनी सुरु हुन थाल्यो, असैय, अपत्यारिलो लागेर होला उकुसमुकुस भएका छन !

अहिले आएर आन्तरिक रुपमा जे जस्तो विवाद भए पनी बाहिरी रुपमा नेता कर्यकर्ता हरुको दवाव र कानुनी अड्चन कै कारण यति समय सम्म टिकेका हुन र अब निशासियर बस्न सकिदैन हाम्रो फुट्ने र फुटाउने आचरण को पालना गर्नु पर्छ भन्ने हेतुले नै आफुलाइ सहज हुने तवर ले नै आफ्नो पक्षमा अध्यादेश परिमार्जन गर्न खोजेका हुन !

अवसर पाउदा फुट्न र फुटाउन मै वेस्त रहने र अरु बेला काङ्रेस को घोडा बनेर अवसर नै पायनौ भनेर गित गाउने पुर्व एमाले हरुको आचरण कहिल्यै नसुध्रीने भयो ! #जय_देश

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?