मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वि’पतको घडीमा एक अर्कामा ल’ड्ने र लडाउमे काम ब’न्द गर्दै , मानवियता देखाऔं -राजन लम्साल

1 min read

हामी नेपालीहरु सदियौ देखि मिलि आयौ सगै दशैको टिका नि लगायौ र इदमा सेवै र बिर्यानि पनि खायौ । देशमा परि आएको बेला न हिन्दु न मु’स्लिम भनि काधमा का’ध मिलाएर हिडयौ र हरेक कठिन परिस्थितिमा सगै उभियौ ।

नेपाल एकिकरण देखि लिएर गणतन्त्र ल्याउँदासम्म सगै लड्यौ ।कोही कसैको मृत्यु हुदा कन्धामा क’न्धा मिलाएर दागबत्ती र मट्टी पनि दियौ ।चाहे हिन्दु दिदीबहिनी हुन् या मुस्लिम हामीले राखी बन्धन र भाई टिका लगाएर दिदीबहिनीको रक्षा गरेका छौ ।

तिज, छैठ र रम’जानको व्रत हामीले सगै मिलेर मनाएका छौ तर आज कोरोना भाइरस अर्थात ( Covid-19 ) सगँ लड्न हामी किन हिन्दु र मुस्लिम गरी रहेका छौ ?

रोग कुनै धर्म वा जात हेरेर लाग्ने कुरा हैन यदि मु’स्लिम समुदायबाट कोरोना फैलाउने कार्य भएको भए सबै भन्दा धेरै जोखिम त मुस्लिम समुदायलाई नै छ तर अ’फसोस केहि दुई पैसामा बिक्ने अनलाइन मिडिया र तुच्छ मस्तिष्क भएको व्यक्तिहरुले हामी बीच दंगा गराउने प्रयास गरि रहेका छन् ।

जमात” भनेकाे घर छाेडेर हिँड्ने समुदाय हाे, बाैद्ध धर्मका भिक्षुहरूजस्तै हिन्दुहरुमा स’न्यासी, जोगी जस्तै । यस्तो जमातमा हिँडेको बेला उनीहरू बस्ने ठाउँ म’स्जिद नै हाे।

अनावश्यक हल्लाको पछि नलागौं, साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मालम्वीलाई निशाना साँध्ने काम नगराैं । बरु कतै कुनै जमाती मस्जिदमा फसेका भए त्यसबारे प्र’हरीलाई खबर गरौं र क्वरन्टाइन पठाउन मद्दत गरौं ।

जमात एक सदियौ देखि चलि आएको हो यसले हामी मुस्लिम समुदायमा इस्ला’मिक तौर तरिका, समाजमा बिग्रेर हिनेका युवाहरुलाई माया र सदभावले इस्लामिक तरिकाले हिन्ने बाटो देखाउछ र जुन कुरा लुकेर बसेको भनिएको छ त्यो सरासर ग’लत र अ’फवाह हो जमात भनेको ३ दिनको, ४० दिनको, ४ महिनासम्मको हुन्छ जसमा घर परिवार छोडेर मुस्लिम समुदायबीच गएर इस्लामिक तौर तरिका सि’काउन गर्दछ ।

र यहि क्रममा विभिन्न ठाउँको मस्जिदहरुमा बस्दै आएका हुन्छन् न कि कुनै समुदाय भित्र गएर इस्लामको प्रचार गर्छन तर तत्कालै Lockdown लागेकोमा उनिहरु त्यहा फ़सेका हुन न कि कोरोना फैलाउन आएका हुन ।

आउनुस हामी सबै नेपाली एक भइ काँधमा काँध मिलाएर कोरोना जस्तो रोगसगँ लडौं। सबै सुरक्षीत रहौ सजग रहौ।
जय देश, जय नेपाल

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?