मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

धुर्मुस सुन्तलीलाई दिपक बोहोराको अनुरोध ,कृपया यो वि’पतको घडीमा जु’ट्नुहोस।

1 min read

आदरणीय समाजसेवी द्वय धुर्मुस-सुन्तलि, तपाईंहरूले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर गरेका आजसम्मका सबै समाजसेवा अतुलनिय छन् ।

बस्ति निर्माण होस्,वा स्टेडियम एकदमै राम्रा काम हुन् । तर आज देशमा कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्र सङ्कटमा छ । म आज तपाईंहरूको शु’भचिन्तकका रूपमा एउटा अनुरोध गर्न चाहन्छु।

अब स्टेडियमको बाँकी रहेका काम सरकारलाई जिम्मा लगाई , तपाईंहरू पनि यो वि’पतमा स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि ला’गिदिनपर्यो । महाविर पूनलाई पिपिइ बनाउन पैसा अभाव छ ।

यदि धुर्मुस-सुन्तलि फाउन्डेशनमा पैसा बाँकी छ भने, त्यो पैसा अब कोरोना महा’मारीसँग लड्न महाविर पुन जस्तै समाजसेवीहरूसँग मिलेर काम गर्नुहोस् ।

स्टेडियम पनि आवश्यक छ यो देशमा तर त्यसको जिम्मा सरकारलाई दिएर , देशको समग्र स्वास्थ्य प्रणाली विकास गर्न, पिपिइ लगायत स्वास्थ्य उपकरण बनाउन वा दुर्ग’ममा अस्पताल बनाउनतिर लागे राम्रो हुन्छ जस्तो लाग्छ ।

मेरो अनुरोध र सुझावलाई अन्यथा नलिइ, एउटा शुभचिन्तकले राष्ट्रका सपुतबाट गरेको आशाको रूपमा मात्र बुझिदिनुहोला ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?