मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

छा’पामार शैलीमा ज्ञानेन्द्र शाहीलाई किन प’क्राउ गरेको सरकार ? के उनी गद्दाफी हुनर?- ज्वाला संग्रौला

1 min read

कत्रो बीरताको इतिँहाँस बोकेर हिँडेको थियो मेरो देश नेपाल जतिबेला आफूभन्दा कैंयौ गुणा ठूलो बेलायतले जंगबहादुर लाई सलामी चढाउँथ्यो! वीर गोर्खालीहरु भन्ने बितिकै संसारभरि युद्दमोर्चामा अग्रपङतिमा उभ्याईन्थे !

आजपनि हाम्रा बीर गोर्खालीका चिहानमा फूल चढाएर सम्मान गरिन्छ बिदेशमा ! २१ बर्षका पथ्वीनारायण शाह हुन् या ७२ बर्षिय भक्ति थापा क्या रगत थियो नसा नसामा देशभक्तिको! भीमसेन थापाको अडान होस् या योगमायाको त्याग, कत्रो बलिदानी मुटु थियो मातृभूमिका खातिर !

तिनै पुर्खाले सम्याएको बलिदानी माटोमा टेकेर आज देशलाई लोकतन्त्रका बेसरम हरुले तहस नहस पारेका छन् ! भ्रस्टाचारको बुटले कुल्चेर चिरा चिरा पारेका छन् यो देशको स्वाभिमानी छाती !

गरिबको भोको पेटमाथी राजनैतिक दंगल जताएर जुट्न र फुट्न ब्यस्त यि सत्ताका साँडेहरुको चरम ज्यादतीको अर्को पराकाष्ठा हो Gyanendra Sahi को प’क्राऊ ! हो उनले ग़लत बोले होला , CDO लाई धम्क्याए होला तर उनलाई त्यो गर्न बाध्य पार्ने को हो त? यहि सरकार हैन ?

सरकारले गरिबलाई २ छाक भात दिएको भए गाडीमा चामल बोकेर जनतासँग न Gyanendra जाने थिए, न त सिडिओसँग दुस्मनी नै हुन्थ्यो! उनको राहत बितरणको तरिका र बोल्ने शैलि सँग म सहमत छैन तर उनले गरिबलाई १ पेट भात खुवाउँछु भन्नु उनको अपराध हैन !

किन छापामार शैलिमा उनको डेरा बिहान बाट पुलिस लगाएर घेराऊ गरि आतंकित बनाउने काम गरियो ? के उनी गद्दा’फ़ी हुन्? लादेन हुन्? रुबेल हुन? ३३ किलो सुन लुकाउने जादूगर हुन्? बालुवाटार बेच्ने ब्यापारी हुन्?

राज्यको अरबौ लुटेर धनी भएका लुटतन्त्रका मालिक हुन्? रातारात अपहरण शैलिमा उनलाई समाउन आदेश दिने कुन मठाधिस हो ? तेस्लाई सार्बजनिक गर ! उनीमाथीको राज्य आतंक बन्द गर ! तत्काल उनको रिहाई गर !

भोका लाई खान दे! नागरिकको वाक स्वतंत्रताको सम्मान गर ! नत्र कोरोनाले सुनसान पारेको सडकमा तेरो अलेली बचेको सासको पनि अवसान हुने निश्चित छ ए नालायक सरकार!!
#म_बोल्छु

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed