मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ओली प्र’वृत्तिलाई चिनौं र इतिहासबाट छिटो वि’दा गरौं- डा. बाबुराम भट्टराई

1 min read

यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मि’थकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषि’हरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णु’ले अति सुन्दर मोहिनी रूप धा’रण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्!

ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको च’रम दुरू’पयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आ’तंकित पार्ने हर्कत गरिरहेछ!

यो हिटलर प्रवृ’त्ति हो: जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्ध’राष्ट्रवादको क्षणिक उ’न्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्त’त: दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ।

नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति/समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्ध’राष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अप’राधीकरण गर्दै चरम सं’कटको स्थिति सिर्जना गरिरहेछ।

यो स्टा’लिन प्रवृत्ति हो: रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर क’म्युनिष्ट पार्टीका सबै विधिविधान र आन्त’रिक जनवाद न’ष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति ( मुख्यत: कृषि क्षेत्रमा ) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए।

नेपालमा ओली प्रवृ’त्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि-प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका वि’रोधीहरूमाथि विविध ढंगले दमन गर्ने,स्वेच्छाचारी र लहडी पाराले वि’कासका सपना बाँड्ने तर गलत नीति अ’वलम्बन गरेर देशमा चरम वेरो’जगारी लगायत आर्थिक संकट निम्त्याउने,कोरोना संकटको वेला पार्टी फु’टाउने खेलमा लागेर चरम ग़ैरज़िम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

यो चा’उचेस्कु प्रवृत्ति हो: पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्र’ष्टाचार,विलासिता ( उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन म’ध्येमा गनिन्छ ),फजुलखर्च, स्वेच्छाचारिता,आफन्त/आ’सेपासेवाद,मनपरीतन्त्र गर्थे र पार्टी नेता/कार्यकर्ता तथा जनता यति निरीह, लाचार,पीडित थिए?!

कि अन्तत: जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो! नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रकरण/ओ’म्नीप्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार,राष्ट्रपति/प्रधानमन्त्रीको फजुल खर्च/वि’लासी शैली /ढाँटबाँट,आसेपासेको बाक्लो घेरा/उदण्ड शैली,मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फ़ाउन्डेशन/एनजीओ/आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संव’धानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दी’नहीन अवस्था सबैको सामु छर्लंग छ!

अति भए पछि ख’ति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू,संसद,अ’दालत,मि’डिया,नागरिक अभियन्ता र आम जनताको सक्रि’यतामा यो कोरोनाभइरस भन्दा ख़तरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई स’खाप पार्नेछ !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed