मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हेम एण्ड माया फाउन्डेसनको प’हलमा मिलन कार्कीबाट मोरङको विपन्न व’र्गलाई राहत वितरण !

1 min read

मोरङ । हेम एण्ड माया फाउन्डेसन नेपालको तर्फबाट मोरंङ जिल्ला स्थीत बाँसबारिमा भएका गरिब,दुःखी , असहाय एवम् अशक्त जनताह्सरुको लागी समाजसेवी मिलन कार्कि ज्युको पहलमा सारदा लगाएत अरू धेरै सहयोगी मनहरुको सहयोगमा राहत बितरण गरिएको जानकारी प्राप्त भएको छ ।

राहतको सामाग्री वितरणको क्रममा २२ बोरा चामल, २२ के.जि दाल र २२ के.जि नुन विभिन्न विपन्न बर्गहरुलाई हस्तान्तरण गरिएको साथै हेम&माया फ़ाउण्डेशन नेपालले अझै ५०० बोरा चामल ५०० के.जि दाल र ५०० के.जि नुन बितरण गर्ने लक्ष्य लिएको छ भन्ने जानकारी हामीलाई समाजसेवी मिलन कार्की ज्युले मेचिमहाकाली खबरसँग बताउनु भएको छ ।

दुखी पीडितको लागि जिउदो भगवानको रुपमा आफ्नो परिचय बनाउनु भएका समाजसेवी हेम थापा ज्यु र उहाकी धर्मपत्नी माया थापा ज्यु ले अमेरिका बाट Hem & Maya Foundation को तर्फ बाट २२ घर धुरिलाइ प्रत्येक घर १ बोरा चालम , १ केजि दाल , १ केजि नुन दुखी पीडितको लागि फाउन्डेसन मार्फत सहयोग गर्नु भएको छ ।

उहाँ मार्फत आएको सहयोग दैनिक छाक टार्न कठिन भएका पीडित हरुलाई प्रत्येक घर-घरमा गएर समाजसेवी मिलन कार्की ज्युको पहला हस्तान्तरण गरिएको छ।

यस्तो विपतको घडीमा हेम एण्ड माया फाउन्डेसनले मोरङमा मात्र नभएर देशको विभिन्न ठाउँमा राहत वितरण कार्यक्रम गर्दै आईरहेको छ । फाउन्डेसन साथ साथै हेम थापा ज्यु र माया थापा ज्यु लाई समाजसेवी एवम् जुझारु युवा श्री मिलन कार्की ज्यु ले नमन तथा उच्च सम्मान सहीत धन्यवाद दिदै हामी सँग कुराकानी गर्नु भएको छ ।

हामीले पनि पहिला बाट नै हेम एण्ड माया फाउन्डेसन लगायत समाजसेवी हेम थापा र माया थापा ज्युको सत्कर्महरु मुल्याङ्कन गर्दै आएका छौं । उहाँहरुको सत्कर्म प्रती हामी निशब्द छौं । हाम्रो खबरको तर्फबाट उहाँहरुलाई उच्च सम्मान साथै सुभकामना व्यक्त गर्दछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?