मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेता प्र’चण्डका गुरु डा. बालकृष्ण शर्माले सबै नेपालीलाई दिए यस्तो सुझाव !

1 min read

देश बाहिरका नेपाली युबा-युवती हरु लाई सुझाब
देश बाहिरका नेपाली युबा-युवती हरु बिदेश बाट बोल्नु हुन्छ, लेख्नु हुन्छ, खबरदारी गर्नु हुन्छ। त्यो गर्नु राम्रो हो र अत्यावस्यक पनि छ। आज नेपाल भित्रै पनी रबि लामिछाने, ज्ञानेन्द्र शाही, र केहि संख्यामा युबा-युवती हरु भ्रस्टा’चार र अन्याय को बिरुद्ध बोल्दै छन। तर उनीहरुले बोलेको देश बाहिरका धेरैले सुन्ने गरेको र देश भित्रका थोरैले मात्र सुन्ने गरेको बुझिन्छ।

अब विदेश को भुमी मा बसेर नेपाली युबा-युवती ले पिर गरेर मात्र पुग्दैन। खबरदारी मात्र गरेर पुग्दैन। बरु तपाई हरु देश मै फर्केर नया ढंग ले देश चलाउनु पर्छ। नेपाल को र नेपाली राजनीतिको हाल को हालत/खबर हेर्दा र यो को’रोना को कारणले तपाईं हरुको बिदेशी रोजगारी मा सम्भवत: ल्याएको जटिल परिस्थिति लाई बिचार गर्दा येति बेला, तपाई हरुले सयौं-हजारौ को संख्या मा नेपाल फर्की आफ्नै परिवार संग बसी,

आफ्नै जन्मभुमी नेपाल को बिकाश गर्न को लागी राम्रो मौका हुनसक्ने देख्दछु। यो उदेश्य ले नेपाली युबा-युवती नेपाल जाँदा एक्लै-दुक्लै गएर पुग्दैन /जाने होइन।

एक्लै- दुक्लै गएर जेल-नेल खान जाने होइन। त्यसको सट्टा, सयौं-हजारौ को संख्या मा एकै पटक गए मात्र देश बनाउने तपाई हरुको सपना पुरा हुन सक्ने देखिन्छ।

तपाई हरुको परिस्थिति ले दिन्छ र यो अनुसार गर्न द्रिद्द इच्छ्या छ भने साहश गर्नोस र जानु होस्। होइन भने तपाईं को पुस्ता को जीवन पनि बेखुसी भई र तपाईं हरुका सपना हरु सपना मै र खबरदारी मा मात्र सिमित राखी बित्ने छ। मलाई पनि अरु धेरै नपाली हरुलाई जस्तै हाम्रै पालामा नेपाल बिकसित भएको र नेपालमा सबैले खुसीसाथ बसेको देख्न मन छ।

साहश गरी सुझाब मान्नु हुनु हुने जो कोही युबा-युवती हरु लाई पनि अग्रिम सुभकामना छ।
धन्यवाद ।

डा. बालकृष्ण शर्मा (Dr. Bal Sharma)

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed