मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

डा. महावीर पुनले नेताहरुलाई दिए यस्ता म’हत्वपूर्ण सुझाव ,शेयर गरौं।

1 min read

यी तलका कुराहरु उपदेश होइनन. म उल्लु र मुर्खले दिएको सुझाबहरु हुन्, पढ्नु होस्:-

यो समय भनेको सत्ता र स्वार्थको लागी चलखेल गर्ने, समिकरण बनाउने, फकाई फुल्याई गर्ने, बार्ता गर्ने, फुटाउने, धम्क्याउने, भागबण्डा गर्ने काममा ब्यस्त हुने समय हुँदै होइन. यो समय भनेको निम्न कामहरु गर्न ला’गी परेर खर्चिनु पर्ने समय हो।

यो समय भनेको कोरोना संग लड्न अग्रपंक्तिमा खटाईएका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु लाई सुरक्षित बनाउने र उपचार गर्न चाहिने अत्याबश्यक सामानहरु जहाँ बाट जसरी हुन्छ उपलब्ध गराई काममा लगाउनु पर्ने समय हो।

यो समय भनेको सम्पूर्ण नेपालीहरु मिलेर को’रोनालाई फैलन नदिन दिमाग लगाएर सम्भब भए सम्मका उचित उपायहरु निकालेर काम गनु पर्ने समय हो।

यो समय भनेको को’रोनाको लक डाउनले गर्दा अत्यन्तै दुख पाई रहेका निम्न आय भएका गरीब र मजदुरहरुलाई मदत गर्नु पर्ने समय हो।

यो समय भनेको सिमानामा बिचल्ली भएका र बिदेशमा रोजगारी गुमेर दुख पाई रहेका नेपालीहरुको सुरक्षित तरिकाले उद्धार गर्ने समय हो।

यो समय भनेको किसानहरुले उत्पादन गरेर पनि बेच्न नसकेका कृषिजन्य उपजहरुलाई बजारमा ल्याएर बेच्न मदत गर्नु पर्ने समय हो।

यो समय भनेको दिमाग लगाएर कोरोनाले गर्दा प्रभावित उद्योग, पर्यटन, शिक्षा, रोजगार सहित अन्य सबै क्षेत्रका समस्याहरुको सही सामाधान खोज्ने समय हो. धेरै बा’ठो हुने समय होइन. गल्ती भएमा माफ पाउँ। धन्यबाद।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?