मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अभिब्यक्ति स्वतन्त्रतामा मैं हुँ भन्ने कुनै कथित दादा कसैको दादागिरी स्वि’कार्य छैन-भिम उपाध्याय

नमस्कार ।हिरासतबाट अस्ति अपरान्ह ३ बजे रिहाई भएदेखि आज अहिलेसम्म म सोसल मिडियामा पुन: पूर्ण सक्रिय हुन अन्यत्र अत्यन्त ब्यस्त हुनुपरेकोले सकिरहेको छैन।

लगातार फोन आईरहेका छन्, फोनमा र विभिन्न मिडीयाहरूमा जवाफ दिईरहनुपरेको छ। लकडाउनको बेला भएकोले बाहिर निस्कन पनि नमिलिरहेको अवस्था छ र मित्रहरूसंग भेटघाट गर्न पनि मिलिरहेको छैन।

फोन गर्न पनि भ्याईरहेको छैन, सोसल मिडियाका पोष्टहरू पनि पढ्न हेर्न भ्याईरहेको छैन। मेसेन्जरमा हजारौं मेसेज छन् खोल्न पनि भ्याईएको छैन, जवाफ दिन सक्ने त झन् गाह्रो कुरा हुने नै भयो।

सबै मित्र, हितैषीजन, शुभचिन्तकप्रति पुन: आभार ब्यक्त गर्न चाहन्छु। दल र राजनीति भन्दा लोकतन्त्रको आधारभूत मूल्यमान्यता मेरा निम्ति सम्झौताहिन आदर्श हुन्।

पेट भर्न त सबै प्राणीहरूले पाएकै हुन्छन्, तर लोकतन्त्रको आनन्द मनुष्य मात्र पाउन सक्ने हो, अभिब्यक्ति स्वतन्त्रतामा मैं हुँ भन्ने कुनै कथित दादा कसैको दादागिरी स्विकार्य छैन, हुदैन। पौराणिक सबैभन्दा ठूलो प्राणी मनमत्त हात्ती ऐरावत त्यसै बिलिन भएको हैन, यस कुराको क्षणक्षणरमा सबैले स्मरण गर्दै रहनुपर्छ। शुभ दिन!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?