मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्रीको नि’र्देशनमा सार्वजनिक खरिद नियमावली गु’पचुपमा संशोधन!

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा केही ठेक्काको म्याद थप गर्ने गरी सा’र्वजनिक खरिद नियमावली दसौंपटक संशोधन गरिएको छ । निर्माण व्यवसायी, सार्वजनिक खरिद अनुगमन र सार्वजनिक निकायका अधिकारीहरूले परामर्शबिनै नियमावली संशोधन भएकामा आ’श्चर्य व्यक्त गरेका छन् ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भनिए पनि नियमावली संशोधनबारे बैठकमा छलफल नभएको एक मन्त्रीले बताए।

‘लकडाउनका कारण धेरै ठे’क्काको समय सकिएको छैन,’ सार्वजनिक खरिदबारे जानकार एक सरकारी अधिकारीले भने, ‘अहिले संशोधन भएको व्य’वस्थाअनुसार लकडाउनअघि नै समय सकिएका ठेक्का’हरूको म्याद थप गर्ने बाटो खुला भएको छ ।’ उनका अनुसार पहिल्यै म्याद गुज्रिइसकेका सी’मित ठेक्काका लागि नियमावली संशोधन भएको हो ।

संशोधित निय’मावलीको नियम १२० मा थपिएको प्रावधानअनुसार, वैशाख १४ गतेसम्म समय सकिएका ठे’क्काको म्याद थप्न सकिनेछ । ‘म्याद थप्न निर्माण व्यवसायीले २१ दिनभित्र निवेदन दिनुपर्नेछ,’ नियमावलीमा उल्लेख छ ।

उक्त व्यवस्थाअनुसार आगामी जेठ ७ गतेभित्र निवेदन दिई ठेक्काको समय थप्न सकिन्छ । एकपटक थपिएका ठेक्कको म्या’द फेरि थप्न नपाइने भएकाले ‘स्वार्थका ठेक्का’ लाई नि’रन्तरता दिन नियमावली नै संशोधन गरि’एको ती अधिकारीले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?