मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हेम एण्ड माया थापाको सहयोगमा ज’नक्रान्ति र जनआ’न्दोलनका घाइतेले पाए यत्ती धेरै राहत!

काठमाडौं । ज’नयुद्ध तथा ज’नआन्दोलनका घाइतेहरुका लागि हेम एण्ड माया फाउण्डेसनको सहयोगनमा राहात सहयोग तथा वितरण गरिएको छ । राजधानीका विभिन्न स्थानमा पुगेर कोरोना महामारीका कारण गरिएको ल’कडाउनले स’मस्यामा पर्नुभएका घाइते तथा अ’पाङ्गहरुलाई चामल र दाललगायतका खाद्यसामग्री वितरण गरिएको हो।

वरिष्ठ समाजसेवी हेम थापा र माया थापा

बैशाख १५ गते हेम एण्ड माया फाउन्डेसनले काठममडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा राहत वितरण गरेको थियो।

जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुलाई के’न्द्रित गरेर संचालन गरिएको राहत वितरण कार्यक्रम हेम एण्ड माया फाउन्डेशन्का बोषाध्यक्ष जमुना राई’द्वारा संचालन गरिएको थियो । त्यसको विशेष व्यवस्थापन जन’क्रान्तिका घाइते तथा अपाङ्ग संगठनका महासचिव भक्तराज थापाले गर्नुभएको थियो।

राजधानिको विभिन्न स्थानमा संचा’लित राहत वितरण कार्यक्रममा पूर्व’पर्यटन मन्त्री माननीय श्री कृपाशुर शेर्पा र पूर्वभौतिक योजना तथा निर्माण राज्य मन्त्री पदम राईले विशेष साथ र सहयोग गर्नुभएको थियो ।

यो अभाव र अनिष्टको घडीमा राहत पाउँदा पीडित घाइतेहरुको अनुहारमा एकै पटक खुशी र भा’वुकताका तरंग मडारिएको भाव विह्वल क्षण पनि स्पष्ट देखिएको थियो ।

यो वेला सबैभन्दा मारमा घाइते र अपां’ग साथीहरु पर्नुभएको छ । राज्य अजग्गै उहाँहरुका लागि कुनै व्यवस्था गरिदिएको भए निकै सहज हुन्थ्यो । त्य’स्तो पनि भएन । म आफै पनि वर्तमान व्यवस्था ल्याउने आन्दोलनमा होमिने क्रममा घाइते भएँ ।

हेम र माया थापाको जाडिले ठूलो मन गरेर सहयोग गरिदिनु भयो । उहाँहरुको सह’योगले घाइते साथीहरु निकै खुसी हुनुभएको छ । म उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । जनक्रान्तिका घाइते तथा अपाङ्ग संगठनका महासचिव भक्तराज थापाले भन्नुभयो ।

राहात जोरपाटी, चाबहिल, भिमसेनगोला, बानेश्वर, सहिदगेट, कुलेस्वर, कलङ्की, किर्तिपुर, थर्सिखेल, बालकुमारी, जडिबुटी, सनसिटी, भक्तपुरको सल्लाघारीमा ६० बोरा चामल, ६० कि दाल, ६० कि नुन वितरण गरि’यो गरिएको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?