मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बामदेम गौतम प्रम हुन सक्ने हल्ला सुने सँगै अब रबी र ज्ञानेन्द्रहरु आउँनै पर्छ भन्दै ज्वालाले लेखिन यस्तो!

1 min read

गृहमन्त्री र उपप्रधानमन्त्री पदमा रहँदा बामदेब गौतमको पारदर्शिता र कार्यशैलिमाथी बारम्बार प्रस्न उठेपछि बर्दियाका जनताले उनलाई संबिधान सभाको चुनाबमा धुलो चटाएर प्रतिनिधि सभाको सांसद पदमा जानबाट रोकेका थिए!

आज फेरि यिनै जनताले लखेटेको हरुवा , अपारदर्शी र गुटबन्दीका महानायकलाई संबिधान संसोधन गरेरै भएपनि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने केपी ओलीको हाँस्यास्पद र लाचार अभिव्यक्ति देख्दा नेपाल साँच्चै नै बाँदरको हातमा नरिवल साबित भएको छ!

एकातिर पार्टी एकताको झिनो त्यान्द्रोमा अल्झिएर प्रचण्ड चारैतिरबाट शक्तिविहीन बनाईदै छन् भने अर्कोतिर केपी ओलीको उदण्डताले सिंगों पार्टी संगठन नै धरासायी हुँदै छ! Divide and Rule को चक्रव्यूहमा देशलाई फँसाएर आफ्नो राजनैतिक मक्सद पुरा गर्न हाँप र झाँप गरिरहेका यी फ़ासिस्ट र नाजीबादी भस्मासुर हरुबाट अब मुलुकको उन्नति र प्रगति हुन्छ भन्ने सोच्नु हामी नेपाली जनताको मुर्खता मात्र हुने छ!

२०७६ सालभित्र चुचे रेल नेपालका कान्ला कान्ला र भित्ता भित्ता हरुमा कुँदाउँछौं, पानीजहाज ल्याएरै छोड्छौं र बिरोधीहरुलाई फ्रि मा चढाउँछौ , भोको कोहि बस्नु पर्दैन घर घरमा ओछ्यानमै भात पुर्याउँछौ , जस्ता उग्र बिकासबादी र खोक्रा एजेण्डाहरुमा जनता अल्मल्याएरै डबल नेकपाको ३ बर्ष यतिकै बित्यो! यो बिचमा देशमा चरम भ्रस्टचार , लुटपाट, बलात्कार , राज्य आतंक, हिटलरी शासन र नाताबाद कृपाबादका बिकृत नजाराहरु सिबाय केहि हेर्न पाएनन् जनताले!

पुस्पलालको सपना कुल्चिनेहरु, मदन भण्डारीको बहुदलीय जनबाद धरासायी बनाउनेहरु ,गरिबका छोराछोरीको खुनको मसिले लेखेको १० बर्षे क्रान्तिलाई पैसामा बेची खानेहरु , देशको स्वाधीनतालाई दिल्लिमा लगेर पोल्नेहरु , होली वाईन पिएर देशको निधारमा पिसाब फेर्नेहरु , काठमाण्डौको बगल्स एण्ड टाइगर क्याफेमा भारतीय “र “ का एजेण्टहरुसँग दिनदहाडै गला मिलाउनेहरु अनि सुकुम्बासी हुलिया भिरेर बालुवाटार छिरेका र त्यसपश्चात देश लुटेर करोडपति भएका एक्काईसौं सताब्दीका यी जंगेज खाँ र औरङ्ग जेबहरुबाट अब मुलुकले मुक्ति खोजीरहेछ !

त्यस्को लागि निःस्वार्थ भावना भएको, कतैबाट परिचालित नभएको , साँच्चै देशलाई माथी उठाउनु पर्छ र आउँने पुस्ताको भबिस्य यहि देशभित्र सुरक्षित बनाएर नेपाललाई नेपालजस्तै बनाउनु पर्छ ,

भ्रष्टाचार शुन्यमा झार्नु पर्छ र देशद्रोहीलाई सिधै सिमाना कटाउनु पर्छ भन्ने सोच बोकेको अर्को सडकको शक्तिको उदय हुनु आवस्यक छ ! यति भयो भने पासपोर्टमा रास्ट्रियता बन्धक बनाएर बिदेशमा बेचिएका म जस्ता ७० लाख युवा सब देश फर्कन्छौं र आफ्नै देशमा ओभरटाईम काम गर्छौं !! के छ बिचार रबि दाईहरु?? के छ बिचार ज्ञानेन्द्र शाहिहरु? जबाफको पर्खाईमा छु…!
#जय_स्वाभिमान

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?