मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुःखद् खबर: ताप्लेजुङमा भीषण आ’गलागी हुँदा ७ घर पुर्ण रुपमा जलेर न’ष्ट ५ घुम्ती समेत न’ष्ट !

ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात  वटा घर र पाँच वटा  घुम्तीमा आ’गलागी भएको छ।

शुक्रबार राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट के (कसरीअचानक आगलागी हुदा सो आगो फैलन गई वरपर रहेका सात घर र पाँच वटा  घुम्ती’मा आ’गलागी भएको हो।

देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुदा छिमेकी नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल तथा लजहरु पूर्णरुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यसै गरी सोही आगो फैलन गई नजिकै रहेका बिनिता बिष्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको घुम्ती समेत जली पूर्णरुपमा न’ष्ट भएको छ।

उक्त आगलागी के कसरी भयो खुल्न सकेको छैन भने सो आगलागी प्रहरी, स्थानीयवासी र दम’कलको सहयोगमा आज बिहान पौने ५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ। आगलागीबाट भएको क्षतिको विवरण सं’कलन गर्ने कार्य भइरहेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?