मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रम ओ’लीको पक्षमा हस्ताक्षर नगर्ने सांसदलाई ज्यान मा*र्ने धम्की!

काठमाडौं १९ वैशाख । सत्तारुढ दल नेकपाकी केन्द्रिय सदस्य गौरी ओलीले सांसदलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा हस्ताक्षर नगरे जे पनि हुन सक्ने ध’म्की दिएको खु’लासा भएको छ ।

प्रधानमन्त्री केपी ओलीको पक्षमा हस्ताक्षर नगरै जे पनि हुन सक्ने भन्दै ओलीले शारदा भट्टलाई ध’म्की दिएको खुलासा भएको हो । शुक्रबार राष्ट्रियसभा सदस्य भट्टलाई प्र’धानमन्त्री ओली निकट केन्द्रीय सदस्य ओलीले यस्तो ध’म्की दिएकी हुन् ।

गौरीले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट निकाल्न खोजेको भन्दै यस्तो बेलामा सहयोग गर्न द’बाब दिएको भट्टले बताइन् ।

पत्रकार ऋषि धम’लासँगको टेलिफोन कुराकानीमा भट्टले गौरीले भनेको कुरा वेलिविस्तार लगाउँदै बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त पुगेर ओलीको पक्षमा हस्ताक्षर गर्नुस् भनेर द’बाब दिएको बताइन् । भट्टले अहिले हस्ताक्षर अभियानमा आफू नलाग्ने बताउँदा गौरीले तपाईं प्रधानमन्त्रीसँग टक्कर लिने रु भनेर प्रश्न गरेकी थिइन् ।

गौरीजीले ‘नेपालमा जे पनि हुनसक्छ, त’पाईं नराम्रोसँग फस्न सक्नुहुन्छ ।’ समेत भनेको भट्टले बताइन् ।ललितपुरको लुभुमा बस्दै आएका भट्टले भनिन्– गौरीजीले वालुवाटार किन नजानुभएको रु सबैले प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गरिसके, तपाइले किन नगर्नुभएको रु भनेर दबाब दिनुभयो ।

नेकपाकी सांसद भट्ट कैलालीकी हुन् । अहिले ललितपुरको लुभुमा बस्दै आएको जानकारी दिइन् ।पछिल्ला दिनमा नेकपाभित्र विवाद चुलिदै गएको छ । प्रधानमन्त्रीले संसदबा बहुमत देखाउन हस्ताक्षर अभि’यान चलाएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?