मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सामाजिक संन्जालमा ब’कम्फुसे टिप्पणी गर्दै अनेक भन्नेलाई कलाकार निलमणीले दिए यस्तो चे’तावनी !

मैले अस्ति साहित्यकार तथा समाजसेवी ज्वाला संङ्ग्रौला जी को सम्मानमा समर्पित हुँदै एउटा सृजना पस्कँदा सामाजिक सञ्जालमा निकै खैला बैला मच्चिएछ,जसमा केही आफूले आफैँलाई बरिष्ठ समाजसेवी ठान्नेँ हरुको चित्त मात्रै दुखेन,पित्त समेत् फुटेछ,उहाँ महासाय हरुले आ आफ्नो फेसबुक वालबाट बिभिन्न टाईटलमा मेरो चरित्र हत्या नै हुनेगरी घमासान दोहोरी चलाईरहनु भएको थियो।

हेरेँ पढेँ कता कता ती दयाका पात्रहरु प्रति हाँसो पनि लाग्यो,र कता कता मानसिक सन्तुलन गुमाएकाहरु प्रति दया पनि लाग्यो,उनीहरुको त्यो सञ्जालभित्र पसेर मलाई पनि तिनीहरुले मेरा विरुद्धमा खेलेका ती दोहोरीका टुक्काहरुको एक एक जवाफ दिनँ आउँथ्यो,त्यो पनि तिनीहरुका सात पुस्तालाई समेत् थला पार्ने गरी।

तर फेरी सोचेँ,कुकुरले मेरो खुट्टा टोक्यो भने मैले कुकुरको खुट्टा टोक्ने होईन,मलाई टोक्ने कुकुरलाई रेविज लागेको पनि त हुन सक्छ,त्यसैले म आफ्नो उपचार तीर लागेँ,फल स्वरुप तिनीहरुले आफ्ना दोहोरीका टुक्काहरुको जवाफ नपाउँदा निलमणी ले हार्यो भनेर बडो हर्षोल्लासका साथ खुशियाली पो मनाई रहेका रहेछन् हुत्तिहारा नामर्दहरु।

ए नालायक हरु हो मेरो धज्जी उँडाउने हैन?मैले रुवाएका मेरा वृद्ध बा आमालाई खुशी पार्ने हैन? जावो अनुमति दिएँ भोजपुर जिल्लाको षँडानन्द नगरपालिका गहतेमा मेरो झुप्रो घर छ,मेरा बा आमा त्यही घरमा हुनुहुन्छ,चाँडो गएर मेरो सात पुस्तेको नाली बेली उतार,किनकी तिमीहरुलाई मेरो धज्जी उडाउँन ठूलो सहयोग पुग्ने छ।

अनि मैले रुवाएका मेरा वृद्ध बा आमा तिमीहरु जस्तै नालायकको पर्खाईमा बसिरहेका छन्।अब पाल्छौ हैन मेरा बा आमालाई नालायक कुपुत्रहरु हो?होईन भने किन सामाजिक सञ्जालमा आएर खोक्छौ दुई कौडीका नालायक हरु?अत्याचारको पनि सीमा हुन्छ,सक्छौ भने मेरो जस्तै सृजना गरेर गीत गाएर देखाऊ,हैन भने मेरो किन खेदो खनिरहेको?

के तिमीहरुको बारेमा गीत गाएन भनेर हो?पैसाले कला किन्नँ सक्ने भए त आज संसारभरका ती धेरै धनाड्य ब्यक्तिहरु सबै कलाकार हुने थिए,कहिल्यै नभुल्नुहोला कला गला र सृजना भनेको भगवानले दिएको बरदान हो,यो सबैले पाउँदैन,अन्तमा:आज बाट मेरो विरुद्दमा बोल्ने दुस्साहस गर्यौ भने लेखेर नपुगे बोलेर पनि प्रश्न अनुसारको गतिलो जवाफ पाउने छौ।

होसियार।अझ धेरै महान् हस्तीहरुको गुनगान र गीत गाउन बाँकी , तिम्रो सात पुस्ताकै वुद्धि विवेक र बल प्रयोग गर्यौ भने पनि असफल हुने छौ,नीरन्तर अगाडी बढीरहने छ मेरो यात्रा।जय स्वाभिमान!जय नेपाल आमा!!!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?