मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

के अहिलेको स’मस्या र समाधान केबल बामदेब मोह र ब्यबस्थापन मात्रै हो त ? ✍️ एक नारायण पौडेल

1 min read

बुथ क्याप्चर गरेर वा प्रतिपक्षीलाई एक थैलो नगद नारायण दिएर भएपनि निर्बिरोध निर्बाचित गरेर अहिलेको भाडभैलोभित्र बामदेब गौतमलाई घुसाउदैमा के देशले निकास पाउँछ ? के भस्ट्रचार, कमिसनतन्त्र , का’लोबजारी रोकिएला ?

के सरकारी जग्गा जमिनमाथिको यतिको कब्जा फुक्का होला ? के संचार क्षेत्रमा ओम्निको एकाधिकार तोडिएला ?? के सरकारी कामकाज चुस्त , पारदर्शी र जनमुखी होला ? के मजदुर , हलि गोठालाले आफ्नो पसिनाको मुल्य पाउलान ??

के बिपन्न, असहाय र गरिबका चुलो बल्छ ?? के यी याबत बामदेबबिना संभव नभएको हो र ? होइन भने २-२ पटक निर्बाचित सांसदलाई बलिको बोको बनाएर बामदेबलाई खुशी पार्न गरिएको नाटकलाई जनताको व्यापक बिरोधले पर्दाभित्र मात्रै सिमित गराएको होइन र ??

यो बिगतको घटनाबाट पाठ नसिकेर र चटक्कै बिर्सेर पुन उपयुक्त समयमा उपयुक्त निर्णय लिईनेछ भन्ने कुरालाई जनताले धोती नलगाउलान भन्न सकिन्न ।के अहिलेको समस्या र समाधान केबल बामदेब मोह र ब्य’बस्थापन मात्रै हो त ? आजको मुल समस्या भनेको साढे २ बर्ष अगाडि जनताले दिएको मत र म्याण्डेडबिना एकाङ्गी र अधिनायकवादतिर बढ्दै गएको सरकारको तानाशाही कार्यशैली होइन र ?

भस्ट्र भारदार , मन्त्रीहरुको अनावश्यक बचाउ र सफाई दिदै हिड्ने न्यायाधीश प्रबृत्ति होइन र ? बालुवाटारमा बसेर अनैकौ सपनाहरू बाड्ने तर मजदुर , हलि गोठाला , किसानहरुको पसिनामाथी सत्ताको रजाई गर्ने , रास्ट्रीय ढुकुटी रित्ताउने दुष्ट र स्वार्थीहरुको घेरा होइन र ?

रास्ट्रिय आबश्यकता र क’म्युनिस्ट आन्दोलनको रक्षार्थ बामपंथीहरुको एकता र समाजबाद उन्मुख अपरिहार्यलाई लोभी , पापी र छुद्रहरुले आफ्नो भाग खोसिने डरमा दिनहुँ गरिरहेका एकता बिरोधि चिन्तन र मनोदशा होइन र ?

गरिब , बिपन्न, सुकुम्बासी , असहाय ,दीनदुखी , अपाङ्गमैत्री र किसानमुखी हुनुपर्ने कम्युनिस्ट सरकारको चरीत्र र आचरण केबल धनाढ्य , काला बजारी , कमिशनधारी , दलाल , करछली उद्योगपतिहरुको इशारामा परिचालित हुनु आजको मुल समस्याको जड होइन र ??

कम्युनिस्ट सरकारको चरी’त्रभन्दा ठिक बिपरित चलिरहेको बर्तमान सरकारको रबैया , पाटी भित्र सिर्जित गुट, उपगुट र अस्वस्थ धुर्बीकरण , हारजितको मनोदशा , बदलाको भाब र निशानाले भबिश्यमा झन ठुलो दुर्घटना निम्त्याउन सक्ने कुरामा सचेत एबम आत्माआलोचित नहुने हो भने जतिसुकै एकता र मत्थरको नाटक गरेपनि त्यो केबल मुतको न्यानो भन्दा अरु केही हुन सक्दैन ।

देशैभरी जनतामा पैदा गरेको नैराश्यता र आक्रोशलाई यदि नेतृत्वले र खासगरी केपि ओलिको सरकारले चिर्न सकेन र आगामी दिनहरुमा आफुलाई सच्चाएर जनजिबिकाको सबालमा किसान , मजदुर , गरिब र बिपन्न बर्गलाई सम्बोधन गर्ने!

र खासगरी दिन दुईगुणा रात चौगुणा बढ्दै गएको भस्ट्राचारको नियन्त्रण र कारबाही गर्नुको सट्टामा बचाउ गर्दै जाने प्रधानमन्त्री केपि ओलिको प्रबृत्तिमा ब्यापक सुधार आएन भने सिङ्गो पाटीपङ्ती , नागरिक समाज , सचेत युबा र आम जनता सडकमा आउनुको विकल्प छैन । आशा गरौं , तमाम कमिकमजोरी सच्चाएर साँच्चिकै चिनको झै कम्युनिस्ट चरित्रको सरकारको उदय हुनेछ ।

एक नारायण पौडेल
भमनपा वाड न १३
चितवन
हाल – साउदी

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?