मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

माधवकुमार नेपाल समूहकाे नि’ष्कर्ष:प्रचण्डले नराम्रोसँग धो’का दिए !

काठमाडौं, २२ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ।

पार्टीभित्र आन्तरिक विवाद ती’व्र बन्दै गएका बेला शनिबार बसेको सचिवालय बैठकमा का’र्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहले नि’कालेको हो।

नेपाल समूह पार्टीभित्र दाहालको भूमिकालाई लिएर थप सशं’कित बनेको छ। बैठकअघि दाहालले पार्टीभित्रको संघर्षमा नेपाल समूहलाई साथ दिने बताएका थिए।

दुई अध्यक्षले चोचोमोचो मिलाएर वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने प्रस्ता’व बैठकमा पेस गरी अन्य विषयलाई उपेक्षा गरेको भन्दै नेपाल समूह अ’सन्तुष्ट बनेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?