मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जनताको दु:ख बुझ्ने सांसद होस् त सुदन कि’राँती जस्तो होस् !

काठमाडौं । लामो समयदेखि लकडाउनका कारण आम जनताको दिनदैनिकीमा प्रत्यक्ष असर पर्न थालेको छ । सरकारी राहतको पर्खाईमा बस्दा धेरैको दैनिकी क’ष्टकर बन्न थालेपछि भोजपुर घर भई संघीय राजधानी काठमाडौमा कष्टकर दैनिकी विताईरहेका जिल्लाबासीको सहयोगमा संघीय सांसद सुदन किराती जुटेका छन् । खोजेर खान नसक्नेहरुको घर डेरामा पुगेर किरातीले चामल वितरण गरिरहेकाछन् ।

मजदुर श्रमिकहरु तथा विद्यार्थीहरु भो’कै भएको सुचना पाए कोठामा चामलको बोरा बोकेर किराती पुगिरहेका हुन् ।

शुरुका दिनमा अप्ठ्यारोमा परेका जिल्लाबासीलाई सरकारी राहतको लागि थुप्रै पहल गरेका थिए । कतिपय तत्कालिन आवश्यकता महसुस गरेकाहरुका लागि रा’हत पुग्दै नपुग्ने गरेकाले सांसद किराती आफैले चामल खरिद गरि ति विपन्नका डेरामा पुग्न थालेका हुन् ।

जनताबाट निर्वाचित हुनु भनेको जनताबाट पुरस्कृत हुनु हैन । ’ सांसद किरातीले भने,‘ जनताले अ’त्यधिक मत दिई सांसद बनाई निकै ठुलो जिम्मेवारी प्रदान गरेको हुनाले अहिले समस्यामा परेकाका लागि त्यहि जिम्मेवारी पुरा गरिरहेको होे ।

उनले दर्जन बढी प’रिवारमा चामल पुराईसकेकाछन् । सम्पर्कमा आउनेहरु जो भोकभोकै बस्नुपर्ने अवस्था छ तिनिहरुका लागि आफै पुग्ने गरेका सांसद कि’रातीले समस्यामा रहेकाहरुलाई स’म्पर्कमा आउन समेत अ’पिल गरेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?