मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरो’नाको का’रण फेरि लकडाउन बढाइदै : ” निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै” 

काठमाडौं, वैशाख । पछिल्लो पटक थपिएको लक’डाउनको म्याद सकिनै लाग्दा आज(बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।बैठकले कोरोना नियन्त्रणका लागि जारी लकडाउनका विषयमा थप निर्णय गर्ने बताइएको छ ।

पछिल्लो पटक लम्ब्याइएको लकडाउनको समय भोलि सकिन लागेकाले फेरि ल’कडाउन बढाउने वा नयाँ मोडालिटी अपनाएर सुरक्षित रुपमा जजनीवन सहज बनाउने भन्ने बारेमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको हो ।

यसअघि हिजो साँझ प्र’धानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरिय सम’न्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सि’फारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सं’क्रमण रोकथाममा सफलता प्राप्त भएको नि’ष्कर्ष निकालेको थियो ।

विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा हालसम्म ८२ जना सं’क्रमित भएका छन् । जसमध्ये १६ जना उपचारपछि नि’को भएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?