मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हामी उल्टो गर्छौ आ’लोचकलाइ स’त्रु बनाउछौ अनि चा’प्लुसिलाई मित्र त्यही बाट सुरु हुन्छ दुर्गती ✍️ रबिन ढकाल

सन्दर्भ फेसबुके मन्त्रीमण्डल :आज्कल कसैले यसो एउटा कुरा अहिक सारो बोल्यो भने एक छिन पछि आउन थाल्छ यस्लाई प्रधानमन्त्री बनाउनु परो यसो गर्नु परो उसो गर्नु परो । यस्तो उस्तो रोमनबाट शुद्धसँग टाइप गर्न नजान्ने पनि थाल्छ कुर्लिन निकै बेर गमेर हेर्दा बल्ल बुझिन्छ यसो गर्न पो भनेको होला भनेर । केही बोल्दैमा र केही गर्दैमा देश चलाउन सक्छ नै भन्ने कुनै तुक हुदैन । अझ म त भन्छु फेसबुकमा गठन गरेको मन्तीमण्डललाई देश चलाउन दिनु र मलाई प्लेन उडाउन दिनु उस्तै हो ।

कसैले चाबी खोल्दियो भने कक पिटको कुर्सिमासम्म गएर बसिदिन सक्छु त्यो पनि कुन कुर्सी भनेर चिन्दै नचिनी । त्यहाँ भन्दा अरु म गर्न सक्दिन । तर यहि काम बिजय लामाले कति सहजले गर्छन । चलाएको देख्ने हो भने मलाई पनि आउने रहेछ भन्ने महशुस पनि होला । पछिल्लो समयमा देबत्वकरण गर्न एउटा समूह लागेको हुन्छ चाहे त्यो जोसुकैको होस अनि अर्को समूह लाग्छ त्यस्लाई गिराउन । आफुलाई मन परेको कुरा आयो भने सेयर सहित हर्सोल्लास अनि कसैले बिरोध गरो भने जिउदै श्रद्धाञ्जली हैट । सुरु हुन थाल्छ अनि फेसबुकमा झगडा यति सम्म कि लडाइमा बिपक्षी सिपाही जस्तै ।

यस्तो कार्यले समाजमा झन भाँड भैलो हुने निश्चित छ । मैले यो कुरा आज भनेको छु स्कृन सट गरेर राख्नु होला अबको 5 बर्ष पछि गालामा दारी र काधमा जिम्मेवारी बोकेका युबाहरुको एक अर्काबिच सत्रुता कति बढेर जान्छ त्यो बेला हेर्नू होला । अहिलेको जस्तो अबस्थामा नै जाने हो भने सायद त्यो समय पनि नलाग्ला । काटाकाट र मारामारको स्थिती आउने देखिन्छ नै ।

एउटा कुनै ब्यक्ती बोल्छ कसैलाई मन पर्छ कसैलाई मन पर्दैन त्यस पछि मनपर्ने ब्यक्तिले थाल्छ गुनगान गाउन अनि त्यो ब्यक्ती आफ्नो धरातल नै बिर्सेर आफू त ठूलो भएको महशुस गर्न थाल्छ अनि सम्झिन्छ आफुलाई लिक्वान्यु अनि महोम्मद महाथिर अनि माओ भन्दा पनि माथी । अर्कालाई गाली गर्नु खिसी गर्नु उस्को दैनिकी नै । किन कि फेसबुकमा बनाइदिएको नै छ देशको प्रधानमन्त्री ।

यति भए पछि के चाहियो सत्य मान्छेले उस्को धरातल बुझेका हुन्छन हैन यस्तो भनेर भन्दा अब सुरु भयो गाली अनि आउन थाल्छ श्रद्धाञ्जली । हामी आफ्नो बिबेक सहि ठाउँमा त प्रयोग गरिरहेका छौँ ? कि सामाजिक सन्जाललाई नै दुर्गन्ध बनाइ रहेका छौँ ? एक पटक आफैलाई प्रश्न गरौँ । कसैले कसैलाई देबत्वकरण र दानबिकरण नगरौँ । समर्थन गर्न मन लाग्छ गरौँ साथ दिउँ तर केही प्रश्न गर्ने ठाउँ पनि राखौँ । कसैले कसैको बारेमा गित गाउदा बिरोध किन गर्ने ? गित गाउनु ब्यक्तिको स्वतन्त्रता हो गाए मजाले गाउन पाउँछन् । बिरोध किन ?

एउटा ब्यक्तिको पछि लागेर एक आपसमा झगडा गर्नु पर्च जस्तो मलाई लाग्दैन । यो नेपालिमा मात्र लागू हो कि अन्य देशका मान्छेले पनि यस्तै गर्छन ? सत्रुता बढाएर हुने केही हैन होला । यस्तो हो भने भोलिका दिनमा फेसबुकमा कमेन्ट नै गर्न नमिल्ने बनाउनु पर्ने देखिन्छ । तार्किक बहस भन्दा पनि क्रोध पुर्ण बहसले अबस्य पनि दुर्घटना निम्तिन्छ नै त्यसैले हरेक मानिस सचेत र जिम्मेवार बनौँ ।मानिस स्वतन्त्र प्राणी हो र आजको विश्व १४ औँ सताब्दिमा जस्तो म नै राज्य हुँ भन्दा उस्को पछि जबर्जस्त लाग्दैनन नै ।

आफू लागियो भने अरुले पनि लाग्नु पर्छ भनेर भन्न कसैलाई अधिकार छैन । तर देखियो त्यस्तै मैले समर्थन गरेको मान्छेलाई अरुले बिरोध नगरोस भन्ने चाहाना बोकेर बस्यौँ हामी । तर त्यो अबस्था किन आउँछ र चन्दमालाई पनि एकोहोरो हेर्यो भने दाग देखिन्छ नै के अब दाग छैन आहा कति राम्रो भन्नु नै पर्छ भन्ने छैन होला । कोहि पनि बिरोध गर्दै आयो भने उस्को कुरा सुन्न सक्नु पर्छ । प्रसिद्ध भनाइ नै छ त आलोचकलाई आफुसँग राख अनि चाप्लुसिलाई टाढा । तर हामी उल्टो गर्छौ आलोचकलाइ सत्रु बनाउछौ अनि चाप्लुसिलाई मित्र त्यही बाट सुरु हुन्छ दुर्गती।

म भन्छु कुनै काम सबै नराम्रो नै गर्छ भन्ने हुदैन राम्रो गरेको हुन्छ राम्रो गरेको कामलाई सम्मान गरौ नराम्रोलाई बिरोध गरौँ । तर कतिपय अबस्थामा 100 ओटा काम गर्दा 1 ओटा नराम्रो भयो भने त्यही एउटा नराम्रो कार्यलाई बिषय बनाउने काम कसैले नगरौं । 99 ओटा राम्रो नदेखेर 1 ओटा नराम्रो देख्छ भने त्यस्तो मान्छेको चाहिँ कुनै महत्व छैन । त्यस्तो मान्छे स्वरुप मात्र मान्छेको हो तुलना गर्ने कुनै चिज नै छैन । समर्थक र बिरोधी बिच यसरी प्रस्तुत हुँदा शत्रुता शिवाय अरु हात लाग्दैन आफ्नो ज्यान नऐ जोखिममा पारेर किन प्रस्तुत हुनु र ?

जबसम्म जनता एक हुदैनौ त्यो बेला सम्म कसैले केही गर्न सकिँदैन । एकातिर काङ्ग्रेस र कम्युनिस्ट भन्दै बौद्धिक ब्याक्तित्व पनि रुमल्ली रहेका छन भने अर्को तिरा फलानो र ढिस्कनो भनेर युबाहरु हराइरहेका छन । यस्तो कार्यले कस्लाई फाइदा हुन्छ भन्ने कुरा राम्रैसँग थाहा होला सबैलाई । देवत्वकरण र दानबीकरण गर्न छाडौ । मान्छे पहिचान गरेर मात्र उस्को समर्थन वा बिरोध गर्ने काम गरे सबैभन्दा ठूलो उपलब्धी हुने छ । धरातल के छ त्यो पनि खोजौँ भोलि आफुले समर्थन गरेको मान्छेक कारण शिर निहुराउनु नपरोस । अनि कसैले तपाईं नभनी आफै एउटा भाषण गरेको भरमा मपाईँ नसम्झौँ । चोरी औँलोले अर्कालाई देखाउदा बुढी औँलोले आफुलाई पनि देखाइ रहेको हुन्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?