मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अर्थमन्त्री ख’तिवडा भन्छन् :बढी रा’हत चाहिए धेरै कर तिर्नूस्!!

काठमाण्डौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायी तथा अन्य क्षेत्रलाई सरकारले धेरै राहत दिन नसक्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका उनले को’रोना भा’इरसले छटपटाएका व्यवसायी तथा अन्य क्षेत्रलाई सरकारले धेरै राहत दिन नसक्ने स्पष्ट परेका हुन् ।

अर्थमन्त्री खतिवडाले गोर्खापत्रसँगको अन्तर्वार्तामा कोरोना भाइरसको समस्या सरकारले न’निम्त्याएका का’रण त्यसको सम्पूर्ण भार सरकारले मात्रै व्यहोर्न नसक्ने बताएका हुन् । उनले निजी क्षेत्रले पनि त्यसको भारको हि’स्सा व्यहोर्नुपर्ने बताए ।

‘कोरनोको स’मस्या सरकारले सिर्जना गरेको स’मस्या होइन, त्यसको सम्पूर्ण भार स’रकारले मात्रै व्यहोर्न सक्दैन,’ मन्त्री खतिवडाले भनेका छन्, ‘हामीले के बुझ्नुपर्छ भने स’रकार स्रोत होइन, परि’चालक हो, वि’तरक हो । जुन क्षेत्रलाई जति बढी राहत दिनुपर्ने हो, त्यति नै ब’राबरको र’कम कहीँबाट परिचालन गर्नुपर्ने हुन्छ । सरकारको स्रोत संकलनको मूख्य स्रोत भनेको राजस्व हो, त्यो बढाउनुपर्ने हुन्छ ।’

मन्त्री खतिवडाले बढी रा’हत चाहिए धेरै कर तिर्न तयार रहनुपर्ने पनि बताएका छन् । निजी क्षेत्रले एक आ’पसमा मिलेर सहयोग आदानप्रदान गरे स’रकारलाई राहत दिनुपर्ने बोझ नहुने पनि उक्त अन्तवार्तामा बताएका छन् ।

‘व्यवसायी मात्रै होइनन्, बैंक पनि त निजी क्षेत्र नै हो । निजी क्षेत्रमै एउटाले अ’र्कोलाई सहयोग गर्ने कुरा सरकार मार्फत सहयोग गरिदिनुपर्यो भन्नु चाहिँ उहाँहरूले भएन ।’ उनले भने ‘उहाँहरू छाता सङ्गठन हुनुहुन्छ । बैं’क पनि उहाँहरूकै हुन्, ऋणी पनि उहाँहरू नै हो । त्यसैले उहाँहरू बसेरै स’माधान गरे त भयो नि । हामी के चाहन्छौँ भने बैंक र व्यवसायीको स’मस्या तपाईंहरू नै बसेर समाधान गर्नुहोस् ।’

यस्तै उनले व्यवसायीहरुलाई करको समस्यालाई लिएर मात्रै अर्थ मन्त्रालयमा आउन भनेका छन् । ‘हामी सँगको समस्या करको समस्या हो, क’रको समस्या हामी हेर्छौं ।’ उनले भने । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर विविध का’रणले त्यो पूरा हुने नदेखिएपछि लक्ष्यलाई संशोधन गरेर ६ देखि साढे ६ प्रतिशतमा झारिएको पनि अर्थमन्त्री खतिवडाले बताए ।

साथै कोरोनाका कारण देशमा गरिबी बढ्ने र आन्तरिक स्रोत खुम्चिएका कारणले बजेटका लागि बा’ह्य स्रोत जुटाउन आफू लागिपरेको पनि मन्त्री खतिवडाले बताएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?