मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वि’देशका रहेका नेपालीलाई तत्का’ल नेपाल आउन दिनुपर्छ भन्नुहुन्छ भिम रावल! शेयर गरौं

काठमाडौँ २४ वैशाख । भारतका विभिन्न स’हरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन् ।

४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग उनले गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा सांसद रावलले सुदूरपश्चिमको ब’नबासालगायतका क्षेत्रमा नेपाली नागरिक रोकिएको र उनीहरू स्वस्थ हुँदा पनि सरकारले आउन नदिएको भन्दै आ’क्रोश व्यक्त गरेका हुन् । आफ्नै ना’गरिकलाई स्वदेश फर्किन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् ।

सीमामा बसे’काहरूलाई कोरोना छैन तैपनि सी’मामा रहेका नेपालीलाई के कारणले रोकियो रु यो अत्याचार अन्त्य ग’रियोस्, उनले थपे, हाँहरूलाई त्यत्तिकै ल्याइयोस् भनिएको होइन । स्वास्थ्य परीक्षण गरेर समबन्धित पा’लिकामा कति दिन बस्नुपर्ने हो त्यो पूरा गर्नेगरी ल्याइयोस् ।

एकातिर सीमामा लामो समय बस्दा उनीहरूलाई थप समस्या हुने र अर्कोतिर उनीहरूको परिवारमा चि’न्ता थपिने रावलको भनाइ थियो । बाली भित्र्याउने र नयाँ बाली छर्ने बेलामा उनीहरूलाई सीमामा अड्काएर राख्दा कृषिमा पनि प्रभाव पर्ने उनको भनाइ थियो ।

ुकतिपय देशले आफ्ना नागरिकलाई विमान पठाएर आफ्नो देश लगिरहेको छ । हामी ४५ दिन सीमामा अलपत्र परेका नेपालीलाई लकफाउन नसक्ने रु, उनले थपे ।अहिलेको अवस्थामा भारत

(नेपालबीचको सीमा अन्तर्राष्ट्रिय मान्यताअनुसार नियमन गर्नुपर्ने पनि रावलको भनाइ थियो । साथै, भारतीयलाई नेपाल प्रवेश रोक लगाउनुपर्ने उनले बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?