मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विदेशमा अ’लपत्र परेका नेपालीहरूकाे उ’द्धार र राहतको लागि सरकारले पहल गर्नुपर्छ।

1 min read

२६ वैशाख, काठमाडाैँ । पुर्वमन्त्री गाेकर्ण विष्टले विदेशमा अलपत्र परेका नेपालीहरूकाे उद्धार र राहतको लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

पुर्वमन्त्री विष्टले सा’माजिक सञ्जाल फेसबुकमार्फत वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिकहरू काेराेनाका  कारण जोखिममा रहेकाे बताएका छन् ।

करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, भि’जिट भिषाकाे म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका,

र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा रहेकाे बताउँदै पुर्वमन्त्री विष्टले कतिपय देशमा करार स’म्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र ज’बरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घ’टनाहरू समेत देखा परेका उल्लेख गरेका छन् ।

विभिन्न देशमा खाने-बस्ने समस्याको का’रण नेपालीहरूको जीवन अत्यन्त जो’खिममा परेको भन्दै उनले परदेशमा रगत-पसिना बगाएर मातृभूमि’को सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरूकाे उद्धार र राहतको लागि सरकारसँग आग्रह गरेका छन्।

उनले सहारा यस्तो अव’स्थामा रहेका नेपालीहरूकाे उद्धार गरी नेपाल ल्याउन र नेपाल नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार स’म्झौताको अ’निवार्य पालना गराउन सरकारले अविलम्ब प्रभा’वकारी कदम चाल्नुपर्ने बताएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?