मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मोहन बैध ‘किरण’ भन्छन् ,वि’स्तारवादी भारत र लाचार नेपाली शासक विरुद्ध सं’घर्ष गरौं

नेपाल कम्युनिस्ट पार्टी (क्रा’न्तिकारी मा’ओवादी) का महा’सचिव मोहन बैद्य ‘किरण’ ले एक वक्तव्य जारी गरी नेपालको भूमिबाट एकलौटी रूपमा सडक खन्ने भारतीय विस्तारवादको नि’न्दा गर्दै नेपाल सरकारको ला’चारीप्रति पनि खे’द प्रकट गरेका छन् ।

भारतीय रक्षा मन्त्री रा’जनाथ सिंहले नेपालको भूमि लिपुलेकबाट मानसरोबर जाने बाटोको उद्घाटन गरेको घ’टनाप्रति नेपालका वामपन्थी पार्टीहरू तथा आम जनताले भारतीय वि’स्तारवादको नि’न्दा तथा भ्र’त्सना  गरेका छन् ।

साथै उनले नेपालको भौ’गोलिक अख’ण्डतामाथि गरिएको भारतीय ह’स्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आ’त्मसमर्पणवादी रवैयाका वि’रुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ” भनेका छन् ।

वक्तव्यमा भनिएको छ :

“नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्रयाक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको ला’चारीप्रति खेद व्यक्त गर्दै सो काम रो’क्नका ला’गि तुरुन्त भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकारसमक्ष हाम्रो पार्टी जो’डदार माग गर्दछ ।

साथै नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय ह’स्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आ’त्मसमर्पणवादी रवैयाका वि’रुद्ध सशक्त आ’वाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ । ”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?