मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सत्ता मात्र जोगियो तर सिमा जोगिएन भने, स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु र नहुनुमा फरक हुदैन।

काठमाण्डौं! सर्वत्र चर्चामा आएका सिधाकुरा जनतासँगका प्रस्तोता एवम् चर्चित संन्चारकर्मी रबी लामीछाने हिजो चाईनिजले नेपाल प्रहरीलाई गरेको व्यवहार साथै भारतले नेपालको भुभाग मिची बनाएको सडकको बारेमा बोलेका छन् ।

उनीले सामाजीक संन्जाल फेस्बुकमा स्टाटस लेख्दै यसो भनेका छन् : “कोरोनाको त्रासदी बिच चीनिया नागरिकले वर्दी लगाएका नेपाली सुरक्षाकर्मीको कथालो थुत्नु,भारतिय गृहमन्त्रीले लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गर्नु भनेको हामी हैसियत बिहिन हुदै गएको सुचक हो।

सत्ता मात्र जोगियो तर सिमा जोगिएन भने, स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु र नहुनुमा फरक हुदैन। एउटा छिमेकी राजधानीमै सुरक्षाकर्मी कुट्ने ,अर्को छिमेकी ठाडै हाम्रो सिमा लुट्ने अनि हामी चाहिँ दुई छिमेकी संग आपसी सम्बन्ध सुमधुर छ भनेर काप्दै काप्दै गफ चुट्ने?”

लामीछाने मुलुकमा भएका हरेक व्यथिती , अन्याय , अत्याचार साथै भ्रष्टाचारको विषयमा दह्रो अनि खह्रो रुपमा आफ्नो बुलन्द आवाज राख्दै सबैलाई सचेत बनाउँदै आएकाछन। यत्ती मात्र नभएर अनेकौं सत्कर्महरु गरि सबै नेपालीहरुलो मनमुटुमा बस्न सफल भएका पनि छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?