मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाली भूमिमाथी भारतीय ह’स्तक्षेपको घोर आपत्ती बारे नागरिक समुहले निकाले यस्तो प्रेस विज्ञप्ति!

एकतर्फी रुपमा भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उ’द्घाटन गरेको भनी भारतीय रक्षामन्त्रीले सामाजिक संजालमार्फतसार्जजनिक गरेको समाचारले नागरिक समूह, नेपालको गम्भिर ध्यानाकर्षण भएको छ।

एउटा असल छिमेकी नाता भन्दा पनि बारम्बार हेपाहा प्रवृत्ति देखाएको भारतले सन् १८५६ पछि सीमा मिच्न थालेको स्प्ष्ट छ ।
कालापानी र लि’पुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सँधै विवाद निकाल्दै आएको छ।

भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये डँडेल्धुरा, बैतडी र धनुषाबाहेकका जिल्लामा सीमा समस्या छ। नेपाल र भारतबीच जोडिएको एक हजार ८ सय ५० कि’लोमिटर सीमामध्ये ६ सय ६ किलोमिटरमा विवादित छ भने भारतीय पक्षले दार्चुलादेखि ताप्लेजुङसम्म ६० हजार ६ सय २७ हेक्टर जमिन मिचेको छ ।

यसरी सीमा अतिक्रमण गरि ज्या’दती गरिरहेको भारतले ६ महिना पहिले जारी गरेको नयाँ नक्सामा पनि नेपाली भूभाग कालापानी, लिपुलेक र लि’म्पियाधुरालाई आफ्नो भएको दावी गरेको र हाल त्यसैलाई पुष्टी गर्नका लागि सीमा अतिक्रमणको अर्को नमुना स्वरुप सडक मार्ग निर्माण गरेको छ, यो मिचाहा र हेपाहा प्रवृत्तीको नागरिक समूह घोर भत्र्सना गर्दछ ।

अन्तराष्ट्रिय मूल्य, मान्यता र कानुन विपरीत बारम्बार भारत सरकारको यो अवाञ्छनिय गतिविधीले नेपालको स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमिकतामाथी ठाडो हस्तक्षेप भएको नागरिक समूहले बारम्बार आवाज उठाउँदै आएको छ भने सीमानामा पर्खाल लगाउनेसम्मको अभियान संचालन गरेको छ । यस विषयमा नेपाल सरकारले परिणाममुखी काम गर्न नसक्नु दुः’खद छ ।

भारतले जारी गरेको नयाँ नक्साका विषयमा नेपाल सरकारले कूटनैतिक कदम चाली यस्ता गतिविधीहरु रोक्न तथा आगामी दिनमा सीमामा हुने आक्रमण र सीमा विवाद सुल्झाउनका लागि ठोस संवाद र परिणाम देखाउन नसक्नु अत्यन्त ग’म्भिर विषय बनेको छ ।

वर्षौंदेखि बारम्बार सीमा मिचिँदा पनि यसको समाधान गर्न नसक्नुमा नेपालको कुटनीतिमा पनि समस्या रहेको प्रष्ट देखिन्छ भने सीमामा बाटो बनाएर उद्घाटन गरिसक्दा पनि नेपाल सरकार मौन बस्नु अत्यन्तै खेदजनक विषय रहेको नागरिक समूहको ठम्याई रहेको छ ।

एउटा असल छिमेकी हुनका लागि भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू–भाग रहेको तथ्य सार्वजिनक गरि पछिल्लो पटक जारी नक्सा सच्याई हालसम्म अतिक्रमण गरेको सबै भूमि विनाशर्त छोड्दै हालसम्मको गतिविधिहरु गलत रहेको भन्दै क्षमायाचना गर्नु पर्ने नागरिक समूहको स्पष्ट धारणा रहेको छ।

जयराम सिग्देल
प्रवक्ता, नागरिक समूह, नेपाल ।
मिति : २०७७ साल वैशाख २७ गते, शनिबार ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?