मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पूर्वप्रधानमन्त्री भट्टराईको माग, भारतले लिपुलेकमा बनाएको सडकबारे कु’टनीतिक पहल गर सरकार !

काठमाण्डौ – भारतले वि’वादित भूमि लि’पुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा पूर्व प्रधा’नमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विरोध गर्नुभएको छ ।

डाक्टर भट्टराईले सामाजिक संजाल ट्वि’टरमा कालापानी र सुस्ता क्षेत्रबारे सीमा वार्तामा दुबै पक्षले टुंग्याउन बाँकी भनेर मान्दै आएको अवस्थामा भारतले एकपक्षीय रूपमा स’डक निर्माण गर्नु गलत भएको बताउनुभएको हो।

कालापानी र सुस्ता क्षेत्रवारे सीमावार्तामा दुवै पक्षले टुंग्याउन बाँकी भनेर मान्दैआएको स्थितिमा भारतले एकपक्षीयरूपमा सडक निर्माणगर्नु गलत छ।

हाम्रोतर्फ मिडियामा रि’पोर्ट आएपछि वा चुनावको वेला मात्र तात्ने र अरू बेला का’नमा तेल हालेर सुत्ने कमजोरी छ।यसलाई तुरून्त कुटनीतिक तहमा हल गर!

नेपालमा सञ्चारमाध्यममा स’माचार आएपछि वा चुनावको बेला मात्र तात्ने र अरू बेला कानमा तेल हालेर सुत्ने प्रचलन रहेको भन्दै डाक्टर भट्टराईले घटनाबारे तु’रून्त कुटनीतिक तहमा हल गर्न माग गर्नुभएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed