मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतको हेपाहा प्र’वृत्तिको भ’र्त्सना गर्दै साझा पार्टीले निकाल्यो यस्तो प्रेस विज्ञप्ति !

1 min read

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोबारे साझा पार्टीको ग’म्भीर ध्यानाकर्षण भएको छ।

धेरै ठाउँमा नेपालको सीमा अ’तिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको हो। त्यसको साझा पार्टी कडा भत्सर्ना गर्दछ।

भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ। यो स्प’ष्टत: भारतले बारम्बार देखाउँदै आएको हेपा’हा प्र’वृत्तिको अर्को नमूना हो।

भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सु’ल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक सं’वाद हुन न’सक्नु दुखद् छ।

भारतबाट बारम्बार सीमा अ’तिक्रमणका घटना हुनुमा हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ।आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन ग’र्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विड’म्वनापूर्ण स्थिति हो।

भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्छ, का’लापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्या’उनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ भन्ने साझा पार्टीको धा’रणा रहेको छ।

Sharad Raj Pathak
सहप्रवक्ता, Sajha Party
मिति: २७ वैशाख २०७७

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?