मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सेना ला’गौं लिपुलेकतिर, जनता लागौं बाँझो खेततिर: गायक बद्री पंगेनी

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएपछि जन’स्तरमा सरकारको व्यापक वि’रोध भएको छ ।

उत्तराखण्डको पि’थौराकोटबाट कैलाश मानसरोवरसम्म करिब ९० किलोमिटर सडक बनाउँदा अहिले नेपालमा विरोधका आ’वाजहरु उठिरहेका छन् । यहि क्रम’मा धेरै कलाकारहरुले समेत आफ्नो धारणा व्यक्त गर्न थालेका छन् ।

यहि क्रममा लोक गायक बद्री पंगेनीले आफ्नो ट्विटरमा यहि विषयमा केन्द्रित भएर केहि शब्द लेखेका छन् जसको अहिले सामाजिक संजालमा चर्चा चलि’रहेको छ ।

बद्रीले न नेपाल सरकारलाई कुनै गुनासो पोखेका छन् न भारतको विरोध नै गरेका छन् बरु मिठो तरिकाले उल्लेख गरेका छन् कि अहिले सेना लिपुलेक तर्फ जानुपर्छ आफ्नो भूमि रक्षा गर्न भने जनताहरु सडक र सा’माजिक संजालमा वि’रोधमा उ’त्रिनु भन्दा बाँझो खेत तर्फ लागे देशको वि’काश हुने भान प्र’कट गरेका छन् ।

बद्रीले लेखेका छन्, “सेना लागौं, लिपुलेकतिर जनता लागौं,बाँझो खेततिर” ।बद्री पंगेनी अहिले लक’डाउनको बेला ट्विटर एकाउण्ट खोलेर सक्रिय भएका छन् । अहिलेको सामाजिक चर्चाको विषय देखि राजनीतिक विषयमा आफ्नो कुराहरु राख्दै आएका छन् भने आफ्नो गित संगीतहरुको बारेमा समेत दर्शकहरुलाई जानकारी दिइरहेका हुन्छन्।

लकडाउनका कारण देश विदेशमा हुने कार्यक्रमको व्यस्तताबाट फुर्सद पाएकोले परिवार र दर्शकसंग अन्तरक्रिया गर्दै समय बिताएको बद्रीले उल्लेख गरेका छन्

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?