मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यो स्थितीमा भारतले मि’चेको नेपाली भुमीको नक्सा सार्वजनिक गर्न अ’समर्थ छौं :- मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले परिस्थितिवश भारतले मिचेको नेपाली भूमिसहितको नक्सा सार्वजनिक गर्ने अवस्था नरहेको बताएकी छन् । नेपालको आ’धिकारिक नक्सा सरकारले कहिले सा’र्वजनिक गर्छ भनेर चा’सो राख्दा मन्त्री अर्यालले भनिन्, ‘नक्सा सार्वजनिक तयारी केही पनि भएको छैन । परिस्थितिले रोकिइरहेको छ ।

उनले परिस्थिती भनेर कोरोना भाईरस सं’क्रमणलाई औँल्याएकी छिन् । नेपाल–भारतको सीमा विवाद कूटनीतिक रूपमा समाधान हुने अर्यालको दाबी छ ।

भारतसँग बारम्बार सीमा वि’वाद हुँदा र संसदीय समितिहरुले निर्देशन दिँदा पनि नेपालले सुगौली सन्धि (सन् १८१६) को आधारमा नक्सा सार्वजनिक गर्ने कुनै तयारी गरेको छैन । मन्त्री अर्यालले गत मंसिर र पुसमा संसदीय समिति र सीमाबा’रे सरोकार राख्ने नागरिक समा’जका व्यक्ति तथा समूहहरूसँगको छलफलमा उपयुक्त समय आएपछि न’क्सा सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

तर, ६ महिना बितिसक्दा र भारतले त्यो क्षेत्र भएर सडक नै निर्माण गरिसक्दा पनि नक्सा सा’र्वजनिक गर्ने सरकारको सुरसार छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेपछि सार्वजनिक मञ्च र संसदमा नेपाली भूमि नै फिर्ता ल्याउन सरकार लागेकाले कागजको नक्सा छाप्न आवश्यक नभएको अभिव्यक्ति दि’एका थिए ।

यसबीच फेरि नेपाल–भारतबीचको सीमा विवाद बढेको छ । भारतले शुक्रबार लिपुलेक भएर सडक निर्माण सम्पन्न गरी रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि वि’वाद बल्झिएको हो ।

सडक निर्माण भारतले पहिलेदेखि नै थालेको उनको भनाइ छ । ‘सडक निर्माण आजको कुरा होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा चीन भ्र’मणका क्रममा नेपाललाई बाहिर राखेर भारत(चीनबीच भएको स’म्झौताअनुसार भारतले सडक बनाएको हो । नेपालले उक्त सम्झौताको हिजोदेखि नै वि’रोध गर्दै आएको हो ।

यी सबै विवाद कूटनीतिक हिसाबले नै समाधान गर्ने विषय हुन्,’ उनले भनिन् ।भारतले सडक निर्माण गरेको विषयमा संसदीय समितिमा आइतबार नै सरकारले आफ्ना धारणा राख्ने उनले बताइन् ।

यसैबीच, परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि शनिबार विज्ञप्ति जारी गरेर प्रतिक्रिया जनाएको छ । नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि नगर्न नेपालले भारतलाई भनेको हो । सीमा बचाउ अभियान, विभिन्न राजनीतिक दलका नेताहरूले पनि भारतले नेपाली भूमिमा गरेको सडक निर्माणको विरोध गरेका छन् ।(कान्तिपुरबाट)

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?