मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

लिम्पियाधुरा इ’तिहास देखिनै नेपालको नक्सामा छैनः मन्त्री अर्याल , तपाईं के भन्नुहुन्छ?

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबि निवा’रणमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा इतिहास देखिनै नेपालको नक्सामा नभएको ब’ताउनुभएको छ । कालापानी र लिपुलेक अहिले नेपाली नक्साभित्रै रहेपनि लिम्पियाधुरा इतिहासदेखिनै नभएको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋ’षि धमलासँग कुरागर्दै मन्त्री अर्यालले लिम्पियाधुरा नक्सा’मा नदेखिएपछि यो सहित राखेर नेपालको नक्सा प्रकासित गर्ने तयारी भइरहेका बेला नेपाल भारत सीमा बार्ताको कुरा आएकाले नक्सा प्रका’शनमा ढिलाई भएको जानकारी दिनुभयो ।

उहाँले भारतले नक्सामा यी भू’भागहरु राखेर प्रकासित गरेपछि यो कसरी पर्यो भन्ने विषयमा नेपाल सरकारले भारतसँग चासो राखेको दा’वी गर्नुभयो ।उहाँले सीमाका विषयमा अहिलेको सरकारले पटक पटक भारत सरकारलाई नोट जारी गरी कुटनीतिक छलफलको तयारी गरिरहँदा कोरोना संक्रमण फैलि’एकाले रोकिएको बताउनुभयो ।

मन्त्री अर्यालले भारत चीनका वीचमा भएको सहमतिको कुरामा पनि नेपाल सरकारले पहिले देखिनै उठाएर वि’रोध जनाउदै आएको दा’वी गर्नुभयो ।नेपाल भा’रत सीमा क्षेत्रमा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले ब’रम्बार पत्र पठाएको तर, उताबाट केही ढिलाई भएको मन्त्री अर्यालको तर्क छ ।

उहाँले अहिले भारत उद्घाटन गरेको भनिएको सडकका विषयमा पनि सरकारले अहिले नभएर चीन र भारतबीच सहमति भएकै समयदेखि विरोध जनाउदै आएको बता’उनुभयो ।उहाँले भारत सरकारले नेपाल सरकार सँग एकथरी कुरा अर्को थरी काम गर्दै आ’एकाले यो भारतको बलमिच्याई भएको जि’किर गर्नुभयो ।

भारतसँग बार्तामा नबसी सीमाको विषयलाई अन्र्तराष्ट्रिय करण नगरिने र भारत सरकारको भनाई र गराइमा यसरीनै फरक शैली आए कडा कुटनीतिक वि’षयलाई उठाउने बताउनुभयो ।मन्त्री अर्यालले भन्नुभयो,‘ नक्सा सवार्जनिक गर्न ढिलाई भएको हो ।

लिम्पियाधुरा पनि राख्ने तयारी गरिएको हो तर, पहिले बार्तामा बसेर टुग्याउ भन्ने भएर ढिलाई हुनगयो । बार्तामा नवसी यो मुदा अन्र्तराष्ट्रिय करण गर्ने कि नगर्ने भन्ने कुरा अहिले हुँदैन बार्ता मिलेन भने जान्छ । २ सय वर्ष’देखि अहिले सम्म किन टु’ग्गिएन भनेर पनि हेर्नुपर्छ । जमनादेखिका सरकारलाई थाहा थियो यो विषय । कुटनितिक पहका लागि र सहमतिका लागि त दुई देशबीच बार्ता हुनुपर्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?