मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकार, राजनीति गरि पद प’ड्काउनु छ भने पहिला मातृभुमिको रक्षाको निम्ति लडौं :✍️ लक्ष्मी सिग्देल

1 min read

“अब सबै नेपाली एक जुट हुने बेला आएको छ,
जुटौं, उठौं र लागौं । नेपाली हामी रहुँला कहाँ नेपालै नरहे? (सरकारले नै तत्काल कदम चाल्नुपदर्छ)तर जनता अन्योलमा छौं !बेचिएको हो कि मिचिएको ?यसको जवाफ कस्ले दिने?

दुख पर्दा हामी नेपाली दुस्मनलाई पनि सेवा गर्न पछि पर्दैनौं तर जब -जब स्वाभिमान माथी आँच आउँछ, हामी नेपाली सहन सक्दैनौं । हामी अरूलाई मरेर आफु रमाउने मान्छे होइनौं! हामी अाफ्नौ दुख गरेर खान्छौं ,हामी नेपाली कसैको एक इन्च पनि लिदैनौं र दिदैनौं पनि!! यदि यस्तै दमन हामी माथि पटक -पटक हुने हो भने फेरी एक चोटी इतिहास दोहोरीने नै छ । हामी हाम्रो देश र नेपाल आमाको लागि अन्तिम स्वास सम्म लडिरहने छौं।

देश रहे त देशमा राजनीति गर्नु होला देश नै रहेन भने के गर्नु हुन्छ सरकार ?हजुरहरुलाई देशको माया त रहेन सिरिप कुर्ची र पदको रक्षाको लागि भए पनि भारतले हामी माथि पटक -पटक गरेको दमन् तथा दादागिरीको खबरदारी गर्नु होस् ।यो पार्टी त्यो पार्टी यो जात उ धर्म होइन कि हामी सबै नेपाली विर गोर्खालीका सन्तान हौं । हामी एक जुट भएर लाग्न अाबश्यक छ ।होला हाम्रो देशमा राजनीति खराब होलान्, नेता खराब तर हामी जनता त्यहीँ विर गोर्खालीका छोराछोरी हौं ।

हिजो जिजुबाजेको पालामा पनि रूनु भएकै हो फेरि अाज हाम्रो पालामा पनि छिमेकीको यो चरम दमन्ले र देशको घिनलाग्दो राजनीतिले गर्दा रोएको छ ।अझै कति रूनु पर्ने हो ?वारी फेरियो ,पारी फेरियो के गर्नु हजुर? एकै रातमा किल्ला नै फेरियो !! राष्ट्रघाती संन्धिहरू खारेज हुनु पर्छ । मिचिएको हाम्रो भुमि फिर्ता पाउँनै पर्छ ।हामी सबै जुटेर सिमानामा पर्खाल लाउनै पर्छ। हामीले धेरै सहेका छौं। छिमेकीको दमन् अत्याचार यसपालि पनी सहनुपर्यो त्यसैले अब जसरी पनि सिमानामा बार लगाउनै पर्छ। आफ्नो मातृभुमी जोगाउन उठौं !

विस्तारवादले हाम्रो नेपाल आमा माथि जहिले गिद्दे नजरले विस्तारवादी हस्तक्षेपहरू भएका छन् ।यस्ता भाईरस सबै छिट्टै नै हट्नु पर्छ। अब सिमानामा बार अनि नेपालको सेना खट्नु पर्छ।अाफ्नो देशको माटो छोरिदै गर्दा कुन नेपाली हाँस्न सक्छ होलार?सिमानामा रक्षा गर्न सबै जुटौं , लागौं र उठौं ।नेपाल अामाको दिनहुँ अस्मिता लुटिदैछ ,शान्तिका अग्रदुत जन्मिनुभएको हाम्रो पवित्र देश ह नेपाल तर कहिले शान्ति छैन! सगरमाथाको झैं हाम्रो शिर झुक्न दिने हैन। स्वाभिमान नेपाली हामी कहिल्यै झुक्न हुन्न ।

अब हामी बिर गोर्खालीका सन्तानहरु मिलेर भारतको त्यो दादागिरी र घमण्ड टोड्नै पर्दछ । सरकारले नै यसको लागि तत्काल रुपमा कदम चाल्नु पदर्छ ।आज हामीले केहीँ गरेनौं भने भोली कस्ले गर्छ? त्यसैले सबै एक भई फुट्न हैन जुट्न j जरूरत छ। विर गोर्खाली भनि संन्सारभरी चिनिएला हामी नेपाली फेरि विरता देखाऔं भन्दै रुँदै छिन् मेचीकाली ।

यो हाम्रो पुर्खाहरूले रगतले अार्जेको मुलुक हो ।हामी नेपालीहरूको आँट र साहस कस्तो छ भनेर एकछोटी इतिहास पल्टायर हेर!!कसैको दमन र कसैको हैकममा नचलेको मेरो देश , हाम्रो नेपाल आमालाई गिद्वे नजरले हेरेको (भारत )तिमीहरू मात्र होईनौं ! इतिहासमा अङ्ग्रेजहरुले पनि हेरेका थिए।

अाँखा गाडेका हुन् तर ती नजरलाई चिर्दै कयौं सहिदले रगतको संरक्षण गरेको देश हो! चेतना भया !! हामी विर गोर्खालीका छोराछोरी हौं ,हामी नेपालीको विरता देखेर अङ्ग्रेज फौज नतमस्तक भएको सबैलाई थाहा नै छ ।नेपालीको अदभूत विरता देखेर प्रशंशा गर्दै सहस्त्र धारा सडक छेउमा विरताको गुनमा विर गोर्खाली सम्मानेपहार शिलालेख आज पनि सुरक्षित नै छ। अमरसिंह झैं ,बलभद्र झैं बन्न जान्नुपर्यो । हाम्रो देशको रक्षा गर्न सबै लाग्नु पर्यो ।।हाम्रो देशको रक्षा गर्न लागौ नेपाली ।

जोगाउन नसकेमा अहिले हाम्रो सुस्ता
भारतमै जन्मनेछन् अब आउने पुस्ता
बिगतले सिकायको पाठ राम्रोसँग सिक
खबरदार नेता हो स्वार्थमा कदापी नबिक

हामीले बोलेर केहीँ हुदैन थाहा छ , सरकार लाग्नु पर्छ !एक जुट हुनु पर्छ त्यहीँ पनि जब देशको स्वाभिमानको कुरा उठ्छ न बोली सकिदैन ।करोडौं नेपालीको स्वाभिमानको आत्मसम्मान लाई बेच्नु भन्दा र शिरको टोपीलाई आँच खसाल्नु र स्वाभिमान माथि खेल खेल्नु भन्दा पहिले बिचार पुर्याउनुहोस । जय देश ,जय स्वाभिमान !शिरको टिपी कहिले झुक्न दिने छैनौं । चाहे झुकोस् निलो आकाश तर यो नेपाली झुक्दैन ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?